भारतीय मालवाहक सवारीको निर्वाध आवागमन रोक्न नेपाल ट्रक यातायात व्यवसायीको माग

काठमाडौं - नेपाल ट्रक यातायात व्यवसायी महासंघले भारतीय मालवाहक सवारी साधनको निर्वाध आवागमनमा रोक लगाउनुपर्ने माग गरेको छ ।

नवलपरासी जिल्लाको दुम्किबासस्थित विनय खोलाकाे पुल भारतीय मालवाहक सवारी साधनको अत्यधिक भारवहनका कारण क्षति भएको विषयलाई केन्द्रमा राखी आयाेजित पत्रकार सम्मेलनमा महासंघले ७२ घण्टे प्रवेश पास खारेज गरिनु पर्ने माग राखेको हो ।

भारतीय मालवाहक सवारी साधनहरुले तौलपुलले जारी गरेको प्रमाणित कागजात अनिवार्य रुपमा लिएर हिँडनुपर्ने व्यवस्थालाई बेवास्ता गर्दै आएको गुनासो महासंघको छ । जसका कारणले देशका राष्ट्रिय राजमार्ग र पुल पुलेसामा क्षति साथै दुर्घटना हुने गरेको धारणा महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँले व्यक्त गरे ।

‘यस्तो अवस्था आउन सक्छ भनेर यसअघि नै हामीले सरकारी निकायमा कानुन पालना साथै भइरहेको अवस्थाका बारेमा जानकारी दिएका थियौं, त्यसमा कुनै चासो देखाइएन ।’ उनी थप्छन्, ‘भारतीय मालवाहक सवारी साधनको अत्यधिक भारबाट पुल भाँचिदा यातायात अवागमनमा समस्या थपिएको छ ।’

सडक संरचना बचाउन र दुर्घटना न्यूनीकरण गरी सर्वसाधारणको जीवन रक्षा गरी यस क्षेत्रमा भएको खर्बौं रुपैयाँको लगानी सुरक्षित गर्न भारतीय मालवाहक सवारी साधनको आवागमन रोक्नु पर्ने बानियाको भनाई छ ।

महासङ्घले ट्राफिक प्रहरी, जनपद प्रहरी र यातायात व्यवस्था कार्यालयहरूबाट मालवाहक सवारी साधनले तोकिएको भार वहन गरेका छन् कि छैनन् भनी मान्यता प्राप्त तौल पुल र निकायको लोड सिट समेत जाँच गरिनुपर्ने माग राखेको छ । साथै, अधिक भारवहन गरेको पाइएमा जरिवानासहित अधिक भारलाई ‘अनलोड’ गर्न लगाई भार मिलान गरेर मात्र अगाडि बढ्न दिनुपर्ने माग समेत गरेको छ ।

यस्ता छन् व्यवसायीको माग

(१) भारतीय मालवाहक सवारी साधनको निर्वाध आवागमनमा रोक लगाई ७२ घण्टे प्रवेश पास खारेज गरिनु पर्ने ।

(२) मालवाहक सवारी साधन भारवहन नियमन सम्बन्धि कार्यविधि २०७४ लाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने ।

(३) नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनलाई भन्सार बिन्दुमा नै नेपालको कानूनले तोकेको भारवहन भन्दा बढी माल वस्तुको जाँचपास गर्ने अधिकारीलाई जिम्मेवार बनाईनु पर्ने ।

(४)नेपालका जिर्ण पुल र जोखिमयूक्त सडकहरुमा स्पष्ट देखिने गरि सडकको क्षमता र चिन्ह राखिनु पर्ने ।

(५)ट्राफिक प्रहरी, जनपद प्रहरी र यातायात व्यवस्था कार्यालयहरुबाट मालवाहक सवारी साधनले तोकिएको भार वहन गरेका छन् कि छैनन् भनि मान्यता प्राप्त तौलपुल र निकायको लोड सिट समेत चेक जाच गरिनु पर्ने र अधिक भारवहन गरेको पाईएमा जरिवाना सहित अधिक भरलाई अनलोड गर्न लगाई भार मिलान गरेर मात्र अगाडी बढ्न दिनुपर्ने ।

सम्बन्धित समाचारहरू

पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र सुरु

पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र सुरु

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न...

सम्झनुहोस् यो शुत्र POWDER, जसले तपाईको सवारीको खर्च घटाउँछ, दुर्घटनाबाट बचाउँछ

सम्झनुहोस् यो शुत्र POWDER, जसले तपाईको सवारीको खर्च घटाउँछ, दुर्घटनाबाट बचाउँछ

त्यो सम्झनु पर्ने शुत्र हो – POWDERP = Petrol अर्थात इन्धनतपाइको इच्छित यात्रा...

बुटवल-तानसेन सडकखण्ड आजदेखि दैनिक ९ घण्टा बन्द हुने

बुटवल-तानसेन सडकखण्ड आजदेखि दैनिक ९ घण्टा बन्द हुने

काठमाडाैं – सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड आज साेमबारदेखि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...