सोनी होन्डा ज्वाइन्ट भेन्चरमा बन्ने ईभी सीईएसमा सार्वजनिक, लक्जरी ईभीको यस्तो हुनेछ मूल्य र फिचर

स्मार्टफोन निर्माता सोनी र कार निर्माता कम्पनी होन्डाको ज्वाइन्ट भेन्चर सोनी होन्डा मा उत्पादन हुने सोनी होन्डा मोबिलिटी इंक (एसएचएम) ले बजारमा ल्याउने अफिला ब्रान्ड अन्तर्गतको अफिला १ पहिलो पटक सार्वजनिक भएको छ ।

अमेरिकाको लस भेगासमा प्रारम्भ भएको कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) २०२५ को पूर्व सन्ध्यामा सो मोडल सार्वजनिक गरिएको हो । अमेरिकाको ओहायोस्थित अत्याधुनिक प्लान्टमा उत्पादन हुने सो मोडल क्यालिफोर्नियामा मात्र हाल प्रिअर्डरका लागि उपलब्ध हुनेछ । यसको बिक्री २०२५ मा प्रारम्भ भएर डेलिभरी चाहिं २०२६ को मध्यमा शुरु हुने अपेक्षा गरिएको छ ।

अफिला १ ओरिजिनको मूल्य ८९ हजार ९ सय डलरबाट प्रारम्भ हुनेछ । दुई ट्रिममा उपलब्ध हुने अर्को ट्रिम अफिला सिग्नेचरको मूल्य भने १ लाख २ हजार ९ सय डलर हुनेछ । यसमा निश्चित फिचर र सर्भिस सहित तीन वर्षको सब्स्क्रिप्सन उपलब्ध हुनेछ ।

गाडीमा एसएचएमको एडास सिस्टम हुनेछ, जसमा ४० सेन्सर हुनेछन् भने क्यामेरा, लिडार र राडार समेत हुनेछ । यसमा ८०० टप्सको कम्प्युटिङ पावर र एआई फिचर समेत हुनेछ ।

अफिला १ मा अफिला पर्सनल एजेन्ट हुनेछ, जसले अन्तक्र्रियात्मक भ्वाइस असिस्टेन्टको कार्य गर्नेछ । यसले विभिन्न कार्यमा सुझाव दिने, इन–कार फङसनलाई कन्ट्रोल गर्ने र पर्सनलाइज्ड ट्राभल एक्सपेरियन्स बनाउने समेत कार्य गर्नेछ ।

यसको क्याबिनमा रहेका प्रत्येक सिटमा सोनीको ३६० डिग्री स्पाटियल साउन्ड टेक्नोलोजी सपोर्ट गर्ने एप र कन्टेन्ट उपलब्ध हुनेछ । न्वाइज क्यान्सल र अडियो एक्सपेरियन्स बढाउने लगायतका विभिन्न फिचर यसमा हुनेछन् ।

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हाल्न लागेको अवस्थामा यो गाडी सार्वजनिक भएको छ । उनले ईभीप्रति अलि फरक दृष्टिकोण अपनाउने घोषणा गरेका छन् ।

तुलनात्मक रुपमा अलि महंगो मूल्यमा उपलब्ध हुने अफिला १ ले लक्जरी ईभी बजारलाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

नाडा अटो शो–२०२४ मा इलेक्ट्रिक गाडीको दबदबा, यी ब्राण्ड हुँदैछन् सहभागी

नाडा अटो शो–२०२४ मा इलेक्ट्रिक गाडीको दबदबा, यी ब्राण्ड हुँदैछन् सहभागी

काठमाडौं– नाडा अटो शो–२०२४ मा इलेक्ट्रिक गाडीको दबदबा देखिने भएको छ । भदौ...

काँक्रेविहार यातायातलाई किटोनका १९ वटा विद्युतीय माइक्रो बस हस्तान्तरण

काँक्रेविहार यातायातलाई किटोनका १९ वटा विद्युतीय माइक्रो बस हस्तान्तरण

काठमाडौं– सुर्खेतको काँक्रेविहार यातायात प्रालिलाई ‘किटोन’ ब्राण्डका १९...

३० लाख भारु पर्ने म्युजिक सिस्टम, जुन मूल्यमा टोयोटा फर्चुनर खरिद गर्न सकिन्छ

३० लाख भारु पर्ने म्युजिक सिस्टम, जुन मूल्यमा टोयोटा फर्चुनर खरिद गर्न सकिन्छ

भारतमा हालसालै एक नयाँ महंगो म्युजिक सिस्टम लन्च गरिएको छ । दुई प्रख्यात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...