चीनको सबैभन्दा सुरक्षित कार बन्याे एइटो एम८, सिंगल चार्जमा १५२८ किमी यात्रा गर्न सक्षम
चीनमा हालै सबैभन्दा सुरक्षित कारको रुपमा एइटो एम८ नामक एसयूभीलाई मान्यता...
काठमाडौं– चिनियाँ ईभी निर्माता एवोनले नयाँ बिद्युतिय कार एवोन यूटीको प्री–सेल सुरु गरेको छ । कम्प्याक्ट डिजाइनमा तयार पारिएको यूटीले बीवाईडी डल्फिनसंग प्रतिस्पर्धा गर्ने जनाइएको छ । सो नयाँ कारको मुल्य चीनमा १२ हजार ३०० देखी १५ हजार डलरसम्म पर्ने बताइएको छ । जुन १३ हजार ६५० देखी १७ हजार ७५० डलरसम्म मुल्य निर्धारण गरिएको बीवाइडी डल्फिन भन्दा सस्तो हो ।
साइजका हिसावले डल्फिनभन्दा केही ठूलो एवोन यूटीमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम तथा ८.८ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध छ । कारको इन्फोटेन्मेन्ट सिस्टमले हाई कार, कार लिंक र कारप्ले जस्ता एप सपोर्ट गर्दछ ।
आर्टिफिसियल भ्वाइस एसिस्टेन्ट फिचर समेत उपलब्ध यस कारमा चालकले भ्वाइस कमान्ड मार्फत नै नेभिगेसन, सिट र क्लाइमेट कन्ट्रोल गर्न सक्छन् । कारको पछाडी वस्ने यात्रुलाई सहज होस भनेर दुबै सिटमा हेड रेष्ट समेत राखिएको छ ।
एवोन यूटीमा ४४ किलोवाट आवरको एलएफपी ब्याट्री तथा १०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ४२० किलोमिटर रेन्ज दिने यस कारलाई डिसी फास्ट चार्जरको साहयताले २४ मिनेटमै ३० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । कारलाई १५० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।
चीनमा हालै सबैभन्दा सुरक्षित कारको रुपमा एइटो एम८ नामक एसयूभीलाई मान्यता...
नेपाली बजारमा केही समय पहिले भित्रिएका मिकु ब्रान्डका इलेक्ट्रिक बाइक फरक...
काठमाडौं – नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आजबाट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...