यस्तो हुनेछ ओलाको इलेक्ट्रिक कार, लिक भएको तस्बिरले देखायो झलक
इलेक्ट्रिक स्कुटरको सफलता पछि अब ओलाले इलेक्ट्रिक कार पनि लन्च गर्ने भएको...
सन् २०२४ मा नर्वेमा बिक्री भएका प्रत्येक १० नयाँ कारमध्ये ९ वटा ईभी रहेको त्यहाँ प्रकाशित एक रिपोर्टमा उल्लेख गरिएको छ । यस वर्ष सडकमा ईभी मात्र थप्ने नर्बेको लक्ष्य छ ।
नर्वेमा २०२४ मा नयाँ कार बिक्रीको ८८.९ प्रतिशत हिस्सा ईभीले लिएको र यो अघिल्लो वर्षको तुलनमा ७ प्रतिशतले बढि हो । रिपोर्टमा टेस्ला, फक्सवागन र टोयोटा सबैभन्दा बढी बिक्रि हुने ब्रान्डहरू रहेको उल्लेख छ । चिनियाँ ईभीले नयाँ कार बिक्रीको १० प्रतिशत हिस्सा ओगटेको छ ।
नर्बे ईभी अपनाउने देशहरुको सुचीमा शिर्ष स्थानमा छ । ५०.४ प्रतिशतसहित डेनमार्क दोस्रो, ३४.४ प्रतिशतसहित स्विडेन तेस्रो, ३३.२ प्रतिशतसहित नेदरल्यान्डस चौथो र पाँचौ स्थनमा रहन सफल फनल्याण्डको ईभी ग्राहण दर २८.८ प्रतिशत छ । युरोपियन युनियनको औसत ईभी ग्रहण दर १३.४ प्रतिशत रहँदा अमेरिकाको ८.९ प्रतिशतमात्रै छ ।
रिपोर्टका अनुसार नर्वेले पेट्रोल र डिजेल कारहरूमा उच्च कर लगाएर उच्च ईभी अपनाउने दर हासिल गरेको हो । देशले विद्युतीय सवारीलाई थप आकर्षक बनाउन आयात र मूल्य अभिवृद्धि करबमा समेत छुट दिएको छ ।
इलेक्ट्रिक स्कुटरको सफलता पछि अब ओलाले इलेक्ट्रिक कार पनि लन्च गर्ने भएको...
मास ट्रान्सपोर्टेसनको जगतमा नयाँ आयाम थप्ने प्रविधिको रूपमा हेरिएको...
चितवन – नेपालका लागि स्काईवेल ईभीको आधिकारिक वितरक जी मोटर्स प्रालिको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...