हिरोका नयाँ प्रिमियम मोटरसाइकल १५० देखि ३५० सीसी सेग्मेन्टमा आउने
विश्वकै ठूलो दुई–पांग्रे सवारी साधन निर्माता कम्पनी हिरो मोटोकर्पले...
काठमाडौं– सिएफ मोटो नेपालले नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘न्यू ईयर, न्यू राइड’ सार्वजनिक गरेको छ । योजना अन्तर्गत सिएफ मोटो २५० एनके खरिद गर्दा ग्राहकले शुन्य प्रतिशत ब्याजदरमै २४ महिनाको सरल किस्तान्दि सुबिधा पाउनेछन् ।
न्यूनतम ५० प्रतिशत डाउन पमेन्ट गरेर सरल विस्ताबन्दि योजनामा २५० एनके खरिद गर्न सकिने कम्पनीले जनाएको छ । साथै, यस योजनाले सरल कागजी प्रक्रिया र रुचि अनुसारको किस्तावन्दि योजना रोेज्न पाइने सुबिधा समेत प्रदान गरेको छ । नयाँ योजनाले आफ्नो व्राण्डलाई अझ पहुँचयोग्य बनाउने कम्पनीले विश्वास लिएको छ ।
बिक्रीको साथसाथै कम्पनीले बिक्री पछिको सेवालाई अझ चुस्त र दुरुस्त बनाउन, स्पेयर पार्टसको सहज उपलब्धता तथा सर्भिस गुणस्तरलाई समेत उच्च प्राथमिकता दिएको दाबी गरेको छ । कम्पनीले हालसालै उपत्यका लगायत बाहिरी जिल्लाका टेक्निसियनहरुलाई जम्मा गरी सिएफ मोटो चाइनाका प्राबिधिकमार्फत तालिम समेत प्रदान गरेको थियो ।
नयाँ वर्ष योजनामा २५० एनके खरिद गर्दा ग्राहकले २५ हजार छुट, एक्सचेन्जमा ३० हजार थप मुल्यांकनको साथै फ्रि गिफ्ट तथा हेल्मेट र १ वर्षका लागि स्पेयर पार्टस खरिदमा १० प्रतिशत छुट समेत पाउने जनाइएको छ । स्किम जनवरी महिनाभर लागु हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...