जेएमईभीको नयाँ ईभी ट्याक्सी नेपाल आउँदै, मूल्य कति ?

काठमाडौं– केही समयअघि मात्र नेपाल भित्रिएको नयाँ ईभी ब्रान्ड जेएमईभीको ईभी ट्याक्सी नेपाल आउने भएको छ । उक्त ब्रान्डको ईभीईजी मोडल नेपाल आउन लागेको हो ।

जेएमईभीको ट्याक्सी भर्सन नेपाल आउन लागेको जानकारी भन्सार प्रयोजनका लागि प्रकाशित अधिकतम खुद्रा मुल्यमार्फत पुष्टि भएको हो । आधिकारिक वितरक सरिना जी ट्रेडर्सले भन्सार प्रायोजनका लागि यसको अधिकतम खुद्रा मुल्य ४२ लाख निर्धारण गरेको छ ।

जेएमईभीको सेडान कार जीएसईलाई हालै जगदम्बा मोटर्स अन्तर्गतको शौर्य अटोमोबाइल्सले लन्च गरेको थियो । लगत्तै अर्को कम्पनीले यसको ट्याक्सी भर्सन नेपाल ल्याउन लागेकोे हो ।

नेपाल आउन लागेको सो नयाँ ईभीमा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ भने रेन्ज ४३० किलोमिटर दिने उल्लेख गरिएको छ । कारमा कुन साइजको ब्याट्री प्रयोग गरिएको छ र फिचर के–कस्ता छन् भन्ने विषय खुलाइएको छैन । सो वारेमा औपचारिक जानकारी छिट्टै नै सार्वजनिक गर्ने सरिना जी ट्रेडर्सले बताएको छ ।

जेएमईभी सन् २०१५ मा स्थापना भएको चीनको उद्योग र सुचना प्रविधि मन्त्रालयबाट ईभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनी हो । हाल यो कम्पनीमा फ्रेन्च अटो निर्माता रेनोको ५० प्रतिशत हिस्सा रहेको छ । यो कम्पनीले उत्पादन गर्ने कार लक्जरी र पर्फमेन्सका हिसावले उत्कृष्ट मानिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...