लुम्बिनीका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश
मर्चवार (लुम्बिनी) – उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लुम्बिनी विकास...
काठमाडौं – लिपमोटर नेपालले छोटो समयमै १०० युनिट लिपमोटर सी१० कार सफलतापूर्वक बिक्री गरेको छ । कम्पनीले नेपालको विद्युतीय सवारी साधन क्षेत्रमा क्रान्ति ल्याउने आफ्नो मिशनतर्फको महत्वपूर्ण उपलब्धिको शुभारम्भ गरेको बताएको छ ।
यस उपलब्धिले लिपमोटरको नवीनतम प्रविधि र दिगोपनप्रतिको प्रतिबद्धतामा ग्राहकहरूले देखाएको रुचि र विश्वासलाई पुष्टि गर्ने लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले जनाएको छ ।
लिपमोटर नेपालका प्रवक्ता भन्छन्, ‘लिपमोटर सी१० प्रति ग्राहकहरूले देखाएको विश्वासका लागि हामी अत्यन्त आभारी छौं। यो उपलब्धिले नेपालमा गुणस्तरीय विद्युतीय सवारी साधनप्रतिको माग दिनानुदिन बढिरहेको स्पष्ट संकेत गर्दछ। हामी उत्कृष्ट उत्पादन र बिक्रीपछिको सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध छौं ।’
लिपमोटर परिवार अझै मजबुत हुँदै जाँदा कम्पनीले नवीनतम प्रविधियुक्त, वातावरणमैत्री सवारी साधन मार्फत ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न केन्द्रित रहिरहने प्रतिबद्धता जनाएको छ।
नाडा अटो शोमा सार्बजनिक गरिएको सी१० लाई कम्पनीले कार्तिक २५ देखि हस्तान्तरण गर्न शुरु गरेको हो ।
लिपमोटरले यसमा ६९.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेष्टले प्रमाणित गरेको छ । गाडीमा १६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ ।
मर्चवार (लुम्बिनी) – उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लुम्बिनी विकास...
चीनको अग्रणी अटो निर्माता कम्पनी चेरीले आफ्नो नयाँ हाईटेक एसयूभी एक्सिड...
चिनियाँ अटोमोबाइल कम्पनी बीवाईडीले युआन प्रो इलेक्ट्रिक एसयूभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...