रोयल इन्फिल्ड नेपालद्वारा अनलाइन सर्भिस क्विज विजेता पुरस्कृत

काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले अनलाइन सर्भिस क्विज कार्यक्रमका विजेताहरुलाई पुरस्कृत गरेको छ । विहिबार अल्फा अटोमोटिभ प्रालिले आफ्नो वेयरहाउस बालकुमारीमा एक चियापान कार्यक्रमको आयोजना गरी सो सर्भिस क्विजका ३ जना विजेतालाई जनही एक एक वटा हेल्मेट पुरस्कार प्रदान गरेको हो ।

उपहार प्राप्त गर्नेमा ललितपुर बागडोलका रविन्द्र विष्ट, गोकर्णेश्वर नगरपालिका काठमाडौका रितिज सापकोटा र काठमाडौ म्हेपीका सचिन आले रहेका छन् । रोयल इन्फिल्ड मोटरसाइकलका नेपालका लागि सर्भिस हेड निलादरी जेनाले सो पुरस्कार हस्तान्तरण गरेका थिए ।

उक्त अनलाइन सर्भिस क्विज कार्यक्रम गत कार्तिक १२ देखि पुस १० अर्थात अक्टोबर २८ देखि डिसेम्बर २५ सम्म सम्पन्न भएको थियो ।

अनलाइन सर्भिस क्विजमा ६०० जनाले भाग लिएका थिए, जसमध्ये ३ जनालाई लक्की ड्र मार्फत पुरस्कृत गरिएको थियो । यस अन्तर्गत सहभागीले फ्रि सर्भिस चेकअप, फ्रि वासिङको सुविधा समेत पाएका थिए ।

सोही अवसरमा अल्फा अटोमोटिभले ‘सर्भिस मेइस्ट्रो’ पनि लन्च गरेको छ । सो मेइस्ट्रोबाट नेपालका रोयल इन्फिल्ड मोटरसाइकलका ग्राहकहरुले हरेक बर्षको चार सर्भिसिङमा पार्ट्स, मर्मत सम्भारलगायतका सेवामा विशेष छुट एवम् सहुलियत प्राप्त गर्न सक्ने अल्फा अटोमोटिभ प्रालिका डाइरेक्टर मेघराज पौडेलले बताए ।

सम्बन्धित समाचारहरू

पाकिस्तानमा गोप्य रूपमा निर्यात गरिन्छ भारतमा निर्मित रोयल इन्फिल्ड बाइक, तर दोब्बर मूल्यमा

पाकिस्तानमा गोप्य रूपमा निर्यात गरिन्छ भारतमा निर्मित रोयल इन्फिल्ड बाइक, तर दोब्बर मूल्यमा

भारतमा बनेका रोयल इन्फिल्ड बाइकहरू पाकिस्तानमा गोप्य रूपमा विक्री...

उत्पादन बृद्धि गर्ने योजनामा रोयल इनफिल्ड, वार्षिक क्षमता २० लाख पुग्ने

उत्पादन बृद्धि गर्ने योजनामा रोयल इनफिल्ड, वार्षिक क्षमता २० लाख पुग्ने

रोयल इनफिल्डले आफ्नो उत्पादन क्षमता २० लाख युनिट पु-याउने योजना बनाएको छ ।...

५ वर्षमा ६ लाखभन्दा बढी मेटियर ३५० बिक्री, नेपालमा लोकप्रिय बन्दै

५ वर्षमा ६ लाखभन्दा बढी मेटियर ३५० बिक्री, नेपालमा लोकप्रिय बन्दै

रोयल इनफिल्डले ५ वर्षमा ६ लाख भन्दा बढि मेटियर ३५० बिक्री गरेको घोषणा गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...