सेगवे ई–स्कुटर किन्दा ७ उपहार पाइने
काठमाडौँ – नेपालका लागि सेगवेको आधिकारिक वितरक आईहव प्रालिले आगामी दशैं,...
सोकोन ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल्सको अभिभावक कम्पनी एमएडब्लु ग्रुप अफ कम्पनिजका अध्यक्ष विष्णु कुमार अग्रवालले छोटो समयमै नेपाली सडकमा १५० भन्दा बढी ११ सिटर सोकोन ईभी भ्यान गुडिरहेको बताए ।
भक्तपुरमा सोकोनको शोरुम उद्घाटनको अवसरमा बुधबार अग्रवालले सो तथ्य प्रस्तुत गरेका हुन् । सोकोन ब्रान्डको डिलरसिप लिएको करिव ६ महिना मात्र भएको र हाल १५० युनिट भन्दा बढी ग्राहक भएको उनले जानकारी दिए । सबै ग्राहक एकदमै सन्तुष्ट भएको उनले दावी गरे ।
विगत पाँच महिनाको अवधिमा करिव १ हजार ५ सय ईभी भ्यान अर्थात माइक्रोबस बिक्री भएको र ती मध्ये ११ सिटर ईभी भ्यान ५ सय युनिट जति भएको उनको भनाइ छ । मूल्य, किस्तामा सहज र ट्रबल फ्रि नेचरका कारण यो सेगमेन्टका भ्यानको लोकप्रियता बढिरहेको र यसमा सोकोन ब्रान्डले महत्वपूर्ण स्थान ओगटेको अग्रवालले बताए ।

सर्भिस र स्पेयर पार्ट्समा कुनै कमी आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले चाँडै नै ललितपुरमा समेत अर्को सर्भिस सेन्टर स्थापना हुने जानकारी दिए ।
ईसी३६ नेपाली बजारमा उपलब्ध ११ सिटर इलेक्ट्रिक भ्यान हो । यसले सिंगल चार्जमा ३०० किलोमिटर सम्मको रेन्ज दिन्छ । ६० किलोवाटको इलेक्ट्रिक मोटरबाट संचालित सो गाडीले ८२ एचपी पावर र २०० एनएम टर्क जेनेरेट गर्छ । यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा छ ।
यो गाडीमा एयर कन्डिसनिङ, पावर विन्डोज, सेन्ट्रल लकिङ, एबीएस, ईएससी, रिभर्स क्यामेरा र ब्लुटुथ कनेक्टिभिटी लगायतका फिचर उपलब्ध छन् ।
काठमाडौँ – नेपालका लागि सेगवेको आधिकारिक वितरक आईहव प्रालिले आगामी दशैं,...
बजारमा इलेक्ट्रिक एसयूभीको माग वढ्न थालेसंगै नयाँ ब्रान्डका इभी भित्रिने...
काठमाडौं – हुन्डाईका इलेक्ट्रिक सवारी साधन किन्नका लागि आवश्यक कर्जा सुलभ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...