एमएडब्लू वृद्धिले क्रिसमसको अवसरमा भक्तपुरमा सञ्चालनमा ल्यायो पहिलो सोकोन शोरुम

नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धी कमर्शियल प्रालिले आज भक्तपुरमा आफ्नो पहिलो शोरुमको भव्य उद्घाटन गरेको छ। सो शुभारम्भले एमएडब्लू वृद्धिको विस्तार र ग्राहक उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई अझै बलियो बनाएको छ।

एमएडब्लू समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एसिया प्यासिफिक आरएचडी क्षेत्र सेरेस ग्रुप कमर्शियल भेहिकल डिभिजनका कन्ट्री म्यानेजर शुन जियाक्सिन, एमएडब्लू वृद्धी कमर्शियलका सीईओ तुषार गुप्ता लगायत अन्य विशिष्ट अतिथि तथा मिडिया र सरोकारवालाहरूको गरिमामय उपस्थितिमा उक्त शोरुमको औपचारिक उद्घाटन गरिएको थियो।

भक्तपुरको गट्ठाघरमा अवस्थित शोरुमले आगन्तुकहरूलाई सोकोनका नवीनतम ईभी मोडलहरू प्रदर्शन गर्दै इमर्सिभ अनुभव प्रदान गर्छ। ग्राहकको आराम र सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको उक्त सुविधासम्पन्न शोरुममा व्यक्तिगत परामर्श, उत्पादन प्रदर्शन र परीक्षण ड्राइभहरू प्रदान गर्न विशिष्ट प्रशिक्षण प्राप्त कर्मचारीहरूको समर्पित टोली तयार रहने छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा उद्घाटनका दौरान ११ वटा सोकोन गाडीहरू शोरुमकै नयाँ मालिकहरूलाई वितरण गरिएको थियो।

भक्तपुर शोरुमको उद्घाटनले नेपालमा एमएडब्लु वृद्धिको उपस्थितिलाई बलियो बनाउँदै पहुँचयोग्य र नवीन अटोमोटिभ समाधानहरू उपलब्ध गराउने कम्पनीको समर्पणलाई पनि सुदृढ बनाएको बताइएको छ।

सम्बन्धित समाचारहरू

७२० किलोमिटर रेन्ज दिने चेरीको नयाँ इलेक्ट्रिक सेडान सार्वजनिक

७२० किलोमिटर रेन्ज दिने चेरीको नयाँ इलेक्ट्रिक सेडान सार्वजनिक

चिनीयाँ अटो निर्माता चेरीले नयाँ इलेक्ट्रिक कार ‘एक्सिड स्टेरा’...

गरुड सेक्युरिटजले किन्यो एकै दिनमा १० थान नियू इलेक्ट्रिक स्कुटर

गरुड सेक्युरिटजले किन्यो एकै दिनमा १० थान नियू इलेक्ट्रिक स्कुटर

गरुड सेक्युरिटिजले एकैदिनमा नियू ब्रान्डको १० थान गोभा ०५ इलेक्ट्रिक...

प्रि–सेल सुरु भएको १ हप्तामै जिकर ७ एक्सलाई २० हजार अर्डर

प्रि–सेल सुरु भएको १ हप्तामै जिकर ७ एक्सलाई २० हजार अर्डर

काठमाडौं– जिकरको नयाँ ईभी ७ एक्सले प्रि–सेल सुरु भएको १ हप्तामै २० हजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...