बाइकर्स क्याफेमा बजाज फाइनान्स मेला हुने

काठमाडौँ - बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पुस १० गतेदेखि १६ गतेसम्म नक्सालस्थित बाइकर्स क्याफेमा विशेष फाइनान्स मेला २०२४ आयोजना गर्न लागेको छ ।

यो मेलाले ग्राहकहरूलाई बजाज मोटरसाइकल खरिद गर्न झन् सहज बनाउने उद्देश्य राखेको छ । यस फाइनान्स मेलामा सेवा शुल्क शून्य रहने र अन्य कुनै अतिरिक्त शुल्क नहुने कम्पनीले बताएको छ ।

त्यसैगरी ९.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, ३६ महिनासम्मको लचिलो किस्ताबन्दी योजना र १ घण्टाभित्रै ऋण स्वीकृत हुनेजस्ता विशेष सुविधा पनि उपलब्ध हुनेछन् । प्रत्येक खरिदमा ग्राहकहरूले निःशुल्क एक्सेसरी समेत प्राप्त गर्नेछन् ।

बजाज मोटरसाइकलका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले ग्राहकहरूको सहजता र खुशीलाई प्राथमिकतामा राख्दै कम्पनीले फाइनान्स मेला २०२४ ल्याएको बताएका छन् ।

बजाज मोटरसाइकलका ग्राहकहरूका लागि यो फाइनान्स मेला एक सुनौलो अवसर हुनेछ । कार्यक्रममा सहभागी भई यी विशेष अफरहरूको लाभ उठाउन ग्राहकहरूलाई कम्पनीले आग्रह गरेको छ ।

सम्बन्धित समाचारहरू

एनएस–२०० को चेसिसमा डोमिनार–४०० को इन्जिन लागेर आउँदै पल्सर एनएस–४००

एनएस–२०० को चेसिसमा डोमिनार–४०० को इन्जिन लागेर आउँदै पल्सर एनएस–४००

बजाजको सर्बाधिक लोकप्रिय मोडल पल्सर ठूलो इन्जिनमा आउने भएको छ । पल्सर...

केटीएममाथि बजाजको अब पूर्ण नियन्त्रण, ८० करोड युरोमा शतप्रतिशत सेयर खरिद

केटीएममाथि बजाजको अब पूर्ण नियन्त्रण, ८० करोड युरोमा शतप्रतिशत सेयर खरिद

बजाज अटोले केटीएममा पूर्ण नियन्त्रण कायम गरेको छ । कम्पनीले अस्ट्रियाली...

डोमिनार २५० को मूल्य एक बर्षमै २९ हजार रुपैयाँले बृद्धि, यस्तो छ यो बाइक

डोमिनार २५० को मूल्य एक बर्षमै २९ हजार रुपैयाँले बृद्धि, यस्तो छ यो बाइक

बजाज मोटरसाइकलको आधिकारिक बितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले २०२१ को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...