टाटाका एस ईभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडी अब इटहरीमा, के छ अफर ?
काठमाडौं – नेपालको लागि टाटा मोटर्सको एक मात्रै अधिकारिक वितरक सिप्रदी...
काठमाडौं – यो वर्षको मंसिर महिनामा कुल १ हजार २१० युनिट विद्युतीय कार, जिप र भ्यान नेपालमा आयात भएका छन् । यस अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा कुल ४ हजार ६९५ युनिट विद्युतीय गाडी आयात भएका छन् ।
चालु आर्थिक वर्ष २०८१/०८२ को ५ महिनामा ११ अर्ब बढीको विद्युतीय सवारी (ईभी) आयात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि मंसिर मसान्तसम्म ११ अर्ब २७ करोड २१ लाख रुपैयाँ बढीको ४ हजार ६९७ वटा कार, जिप र भ्यान आयात भएको हो । उक्त सवारी आयातबाट सरकारले ६ अर्ब ९६ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
मंसिरमा सबैभन्दा धेरै ५० देखि १०० किलोवाट क्षमताका गाडी आयात भएका छन् । मंसिर महिनामा ५० देखि १०० किलोवाट सम्मका ६४६ युनिट गाडी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यसरी आएका गाडी चीनबाट ६१८ युनिट र भारतबाट २८ युनिट आयात भएको हो ।
दोस्रो धेरै आयात ५० किलोवाटसम्मका कुल ४४० युनिट आयात भएका छन् । ५० किलोवाट क्षमताभन्दा कमका मोटर जडान भएको गाडी पनि चीनबाट नै धेरै आयात भएका छन् । चीनबाट ३४१ युनिट र भारतबाट ९९ युनिट आयात भएको देखिन्छ ।
यी दुई बाहेक १०१ किलोवाट माथि २०० किलोवाटसम्मको सेग्मेन्टमा १२४ युनिट गाडी आयात भएका छन् ।
काठमाडौं – नेपालको लागि टाटा मोटर्सको एक मात्रै अधिकारिक वितरक सिप्रदी...
जीपको पहिलो इलेक्ट्रिक एसयूभी एभेन्जरले युरोपमा प्रतिष्ठित अवार्ड हात...
मर्सिडीज बेन्ज ईक्युएस ५८० शानदार रेन्जको लागि निकै लोकप्रिय एसयूभी हो ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...