फुल चार्जमा १५३ किलोमिटरको रेन्ज र ३५ लिटर स्टोरेज क्षमता भएको बजाज चेतक ३५ सिरिज लन्च

बजाज अटोले भारतीय बजारमा आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटरको नयाँ पुस्ताको मोडल लन्च गरेको छ । कम्पनीले कस्मेटिक परिवर्तन र मेकानिकल अपग्रेडसहित अपडेटेड चेतक नयाँ ३५ सिरिज ल्याएको छ ।

अपडेटेड बजाज चेतकमा नयाँ च्यासिस फ्रेम प्रयोग गरिएको छ, जसमा ब्याट्री प्याक फ्लोरबोर्ड मुनि राखिएको छ। साथै अब सो स्कुटरमा ३५ लिटर अन्डर सिट स्पेस छ । चेतक ३५ सिरिजलाई पूर्ण रूपमा नयाँ प्लेटफर्ममा ल्याइएको छ । यसमा अब ३.५ किलोवाटको ठुलो ब्याट्री प्याक दिइएको छ। नयाँ इलेक्ट्रिक स्कुटरले फुल चार्जमा १५३ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।

सो स्कुटरले एकपटक फुल चार्ज गरेपछि १५३ किलोमिटरको आईडीसी प्रमाणित रेन्ज र १२०-१२५ किलोमिटरको वास्तविक रेन्ज पाउने कम्पनीको दाबी छ। ९५० वाटको चार्जरको मद्दतले ३ घण्टा २५ मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ । बजाज अटोले नयाँ चेतक ३५ सिरिजको टप स्पिड ७३ किलोमिटर प्रतिघण्टा रहेको दाबी गरेको छ । यसमा इको र स्पोर्ट्स मोड दुवै रहेको छ।

कम्पनीले नयाँ चेतक स्कुटर पुरानो मोडलसँग मिल्दोजुल्दो भए पनि यसमा प्राविधिक रूपमा धेरै परिवर्तन गरिएको जनाएको छ । स्कुटरको प्लेटफर्म पनि परिवर्तन गरिएको छ । नयाँ प्लेटफर्ममा कन्ट्रोल सिस्टम, मोटर प्यानल, ब्याट्रीको स्थिति र यसको संरचना पनि परिवर्तन गरिएको छ।

नयाँ बजाज चेतक ३५ सिरिज ई-स्कुटरमा फ्रन्ट एलईडी डीआरएल, क्रोम एलिमेन्टसहितको रेट्रो शैलीको डिजाइन र स्लोपिङ टेल सेक्शन रहेको छ। यसमा रंगीन टीएफटी डिस्प्ले दिइएको छ, जसमा टर्न-बाई-टर्न नेभिगेसन, कल कन्ट्रोल र म्युजिक म्यानेजम्नेट जस्ता सुविधा रहेको छ । साथै चेतक ३५ सिरिजमा कल अटेन्डिङ, म्युजिक कन्ट्रोल र डिस्प्लेमा रियल टाइम नोटिफिकेशन जस्ता सुविधा पनि उपलब्ध गराइएको छ । ३५ सिरिजमा अन्य भेरिएन्टको तुलनामा ८० एमएम लामो सीट छ । यसको ह्विलबेस पनि २५ एमएमले बढेर १,३५० एमएम पुगेको छ ।

नयाँ बजाज चेतक चेतक ३५०२ र चेतक ३५०१  गरी दुई भेरिएन्टमा लन्च गरिएको छ । नयाँ बजाज चेतक ३५ भारतीय बजारमा टीभीएस आईक्युब, एथर रिज्टा, भीडा भीटु र ओला एसवन जस्ता इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

पल्सर १५० किनेका आलमले जिते १ लाख नगद पुरस्कार

पल्सर १५० किनेका आलमले जिते १ लाख नगद पुरस्कार

काठमाडौं–बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...

अत्यधिक मागका कारण फेरि लन्च हुने भयो पल्सर २२०एफ

अत्यधिक मागका कारण फेरि लन्च हुने भयो पल्सर २२०एफ

उत्पादन नै बन्द हुने हल्ला चलेको पल्सर २२०एफ ग्राहकको अत्यधिक मागका कारण...

नेपाल नआईकनै बन्द भए बजाजका यी ३ मोटरसाइकल

नेपाल नआईकनै बन्द भए बजाजका यी ३ मोटरसाइकल

काठमाडौं– बजाजले आफ्नो ३ वटा मोडलका मोटरसाइकललाई सधैंका लागि बन्द गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...