शक्तिशाली इन्जिन र फिचरसहित रोयल इन्फिल्डले ३ उत्कृष्ट बाइक लन्च गर्ने

रोयल इन्फिल्ड बाइकको डिजाइन, इन्जिन र साउन्डका कारण कम्पनीका बाइकप्रति विशेष क्रेज रहेको छ । रोयल इन्फिल्डको क्लासिक ३५० देखि बुलेटसम्मका बाइकहरुको आफ्नै फ्यान बेस छ। यसैलाई ध्यानमा राख्दै कम्पनीले अब छिट्टै तीन वटा नयाँ मोटरसाइकल ल्याउने तयारी गरिरहेको छ । सो मोडलमा पनि परम्परागत शैलीलाई कायम राख्दै आधुनिक प्रविधि र विशेषता समावेश गर्ने अपेक्षा गरिएको छ ।

रोयल इन्फिल्ड क्लासिक ६५० : रोयल इन्फिल्डको सबैभन्दा लोकप्रिय बाइक क्लासिक ३५० को सफलता पछि अब कम्पनीले क्लासिक ६५० बाइक लन्च गर्ने तयारी गरिरहेको छ। सो बाइक शक्तिशाली इन्जिन र क्लासिक डिजाइनको साथ प्रस्तुत हुनेछ। रिपोर्टका अनुसार क्लासिक ६५० मा ६४८ सीसी समानान्तर ट्विन इन्जिन हुनेछ, जसले ४७.४ बीएचपीको पावर र ५२.४ एनएमको टर्क उत्पादन गर्न सक्षम हुनेछ। सो बाइक सन् २०२५ मा लन्च हुने सम्भावना छ।

रोयल इन्फिल्ड बुलेट ६५० : कम्पनीको दोस्रो बाइक बुलेट ६५० हुनेछ। सो बाइक रोयल इन्फिल्डको आइकोनिक बुलेट सिरिजको ठुलो संस्करण हुनेछ, जसमा आधुनिक सुविधा पनि थपिने । रोयल इन्फिल्ड बुलेट ६५० परीक्षणको क्रममा पनि देखिएको छ । बुलेट ६५० मा ६४८ सीसीको ट्वीन-सिलिन्डर इन्जिन दिने अपेक्षा गरिएको छ ।

रोयल इन्फिल्ड हिमालयन ६५० : एड्भेन्चर बाइक प्रेमीको लागि रोयल इन्फिल्ड हिमालयन ६५० उत्कृष्ट विकल्प हुन सक्छ। सो बाइक रोयल इन्फिल्डको लोकप्रिय एड्‍भेन्चर सिरिज हिमालयनको अपग्रेडेड संस्करण हुनेछ । रिपोर्टका अनुसार हिमालयन ६५० इन्टरसेप्टर ६५० को ट्रेलिस फ्रेममा बनाइनेछ । शक्तिशाली इन्जिनका साथसाथै राम्रो ग्राउन्ड क्लियरेन्स र एड्भेन्चर टुरिङका लागि यसमा धेरै आधुनिक सुविधा उपलब्ध गराइनेछ । हिमालयन ६५० सन् २०२५ मा लन्च हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डले लन्च ग-यो गुरिल्ला ४५० को लागि नयाँ एसेसरिज

रोयल इन्फिल्डले लन्च ग-यो गुरिल्ला ४५० को लागि नयाँ एसेसरिज

स्पेनमा लन्च भएदेखि रोयल इन्फिल्ड गुरिल्ला ४५० ले विश्वभरका मोटरसाइकल...

रोयल इन्फिल्ड नेपालद्वारा अनलाइन सर्भिस क्विज विजेता पुरस्कृत

रोयल इन्फिल्ड नेपालद्वारा अनलाइन सर्भिस क्विज विजेता पुरस्कृत

काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता...

नयाँ कलर अपडेट सहित २०२५ रोयल इन्फिल्ड मेटियर ३५० लन्च

नयाँ कलर अपडेट सहित २०२५ रोयल इन्फिल्ड मेटियर ३५० लन्च

रोयल इन्फिल्डले आफ्नो नयाँ २०२५ मेटियर ३५० बाइक लन्च गरेको छ । मिडसाइज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...