निसान र होन्डा मर्जरको अन्तिम तयारीमा, तेस्रो ठूलो अटो उत्पादक बन्ने

जापानका दुई ठूला अटो ब्रान्ड निशान र होन्डा मर्जरको तयारीमा छन् । विशेषगरी न्यू इनर्जी भेइकलमा चीनको कडा चुनौतीले जापानको दोस्रो र तेस्रो स्थानमा रहेका अटो कम्पनीहरूलाई मर्ज गर्न बाध्य बनाएको हो ।

रोयटर्सको रिपोर्टका अनुसार दुई कम्पनीले होल्डिङ कम्पनी बनाउन वार्ता गरिरहेका छन् । मित्सुविसी मोटर्समा निसानको २४ प्रतिशत सेयर रहेकाले यस प्रक्रियामा मित्सुविसीलाई पनि समावेश गर्न सकिने बताइएको छ ।

निसान र होन्डा मिलेर एउटा कम्पनी बनेमा सवारी बिक्रीका आधारमा उक्त कम्पनी विश्वको तेस्रो ठूलो कम्पनी हुनेछ । निसान र होन्डा मिल्दा ५४ अर्ब अमेरिकी डलरको कम्पनी बन्ने र वार्षिक ७४ लाख सवारी उत्पादन हुनेछ । हाल विश्वको सबैभन्दा ठूलो सवारी उत्पादक कम्पनी टोयोटा हो भने दोस्रो ठूलो कम्पनी फक्सवागन हो ।

विद्युतीय सवारी उत्पादनमा जापानी कम्पनीहरूले हालसम्म त्यति धेरै उत्पादन बजारमा ल्याइसकेका छैनन् । यही कारण विश्वकै ठूला सवारी उत्पादन रहेको जापानका लागि परिवर्तित अटोमोबाइल बजार यही ढंगमा अघि बढे अझै चुनौतीपूर्ण हुनेछ ।

निसानले गत महिना २ अर्ब ६० करोड डलर खर्च बचत गर्ने घोषणा गरेको थियो । यसका लागि निसानले ९ हजार रोजगारी कटौती र २० प्रतिशत उत्पादन कम गर्नुपर्ने हुन्छ । निसानको अमेरिका र चीनमा बिक्री घटेपछि यस्तो निर्णयमा पुगेको हो ।

सम्बन्धित समाचारहरू

निसान म्याग्नाइट १ लाख युनिट बिक्री, निसान वान प्लेटफर्म लन्च

निसान म्याग्नाइट १ लाख युनिट बिक्री, निसान वान प्लेटफर्म लन्च

जापानी कार निर्माता कम्पनी निसानले म्याग्नाइट एसयूभीले भारतमा लन्च...

होन्डाले सार्वजनिक गर्‍यो नयाँ ‘एच’ लोगो, २०२७ पछि आउने ईभी र हाइब्रिड मोडलमा प्रयोग हुने

होन्डाले सार्वजनिक गर्‍यो नयाँ ‘एच’ लोगो, २०२७ पछि आउने ईभी र हाइब्रिड मोडलमा प्रयोग हुने

जापानी अटोमोबाइल निर्माता कम्पनी होन्डाले आफ्नो अटोमोबाइल व्यवसायको...

जापानमा अनावरण भारतमा उत्पादन, होन्डा जिरो अल्फा ईभी

जापानमा अनावरण भारतमा उत्पादन, होन्डा जिरो अल्फा ईभी

होन्डाले जापान मोबिलिटी शो २०२५ मा पहिलोपटक इलेक्ट्रिक होन्डा जिरो अल्फा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...