इन्जिन टिप्स : कारको इन्जिन सिज हुन नदिन यी कुरामा ध्यान दिनुहोस्

कहिलेकाहीँ सानो लापरबाहीले गर्दा पनि सवारी साधन र इन्जिन दुवैमा ठुलो क्षति पुर्‍याएको हुन्छ । जसलाई मर्मत गर्न समय र खर्च दुवै लाग्छ ।

गाडीमा इन्जिनको आयु बढाउनका लागि सधैँ सही र राम्रो गुणस्तरको इन्जिन आयल प्रयोग गर्नुपर्छ । यसो गरिएन भने इन्जिनको आयु घट्छ र खराब अवस्थामा इन्जिन सिज हुने खतरा पनि बढ्छ । साथै पैसा बचत गर्नका लागि जथाभाबी इन्जिन आयल प्रयोग पनि गर्नुहुँदैन । कम्पनीले कारमा प्रदान गरिएको म्यानुअलमा सही ग्रेड र गुणस्तरको इन्जिन आयल प्रयोग गर्नुपर्छ ।

गाडीमा समयमै र गुणस्तरीय इन्जिन आयल प्रयोग गरेमा इन्जिनको आयु बढ्छ । तर गाडीमा गुणस्तरहीन पेट्रोल वा डिजेल भरियो भने इन्जिनमा समस्या बढ्न थाल्छ । गुणस्तरहीन पेट्रोल वा डिजेलको प्रयोगले इन्जिनका महत्त्वपूर्ण पार्टसको आयु घटाउँछ। लगातार गुणस्तरहीन पेट्रोल वा डिजेलको प्रयोगका कारण इन्जिन सिज हुने जोखिम पनि बढ्छ ।

लामो दुरीको यात्रा गर्दा गाडी नरोकिइकन चलाउँदा पनि इन्जिन सिज हुने खतरा बढ्छ। लामो दुरीको यात्रा गर्दा बिचबिचमा केही समयका लागि रोक्ने गर्नुपर्छ । लामो दूरीसम्म गाडी चलाउनु परेमा इन्जिनको तापक्रमलाई ध्यानमा राख्नुपर्छ ।

इन्जिनलाई सिज हुनबाट जोगाउन समयमै कारको सर्भिस गराउनु धेरै महत्त्वपूर्ण छ। समयमै कार सर्भिस गरियो भने इन्जिन सिज हुनबाट जोगिनुका साथै कारका अन्य समस्याबाट पनि बच्न मद्दत गर्छ ।

सम्बन्धित समाचारहरू

गाडीमा बिग्रिएको ब्रेक प्याडले निम्त्याउन सक्छ गम्भीर दुर्घटना, यस्तो उपाय अपनाउनुहोस्

गाडीमा बिग्रिएको ब्रेक प्याडले निम्त्याउन सक्छ गम्भीर दुर्घटना, यस्तो उपाय अपनाउनुहोस्

गाडीको सुरक्षामा ब्रेकिङ प्रणालीले अहम् भूमिका खेल्छ । सवारी साधनको ब्रेक...

पाँच वर्ष भन्दा पुराना सेकेन्ड ह्यान्ड कार खरिद गर्दा फाइदा हुन्छ कि नोक्सानी ?

पाँच वर्ष भन्दा पुराना सेकेन्ड ह्यान्ड कार खरिद गर्दा फाइदा हुन्छ कि नोक्सानी ?

आजकल सेकेन्ड ह्यान्ड कार खरिद गर्ने प्रवृत्ति बढ्दै गइरहेको छ । यद्यपि...

कम्पोनेन्ट्स शोमा मकासले सार्वजनिक ग-यो सवारी साधनमा लाग्ने फिल्टरका सबै रेन्ज

कम्पोनेन्ट्स शोमा मकासले सार्वजनिक ग-यो सवारी साधनमा लाग्ने फिल्टरका सबै रेन्ज

भारतमा जारी भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ अन्तर्गतको कम्पोनेन्ट्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...