वाडा अटो शो २०२६ मा बीवाईडीद्वारा विशेष अफर घोषणा, यस्ता छन् अफर
पोखरा – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले वाडा अटो शो...
बिद्युतिय सवारीसधनले अहिले सबैलाई आकर्षित गरिरहेको छ । नेपालको सन्दर्भमा भन्नुपर्दा कुल प्यासेन्जर कारको बिक्रीमा ईभीको हिस्सा ८० प्रतिशत हाराहारी पुगेको छ भने सार्बजनिक यातायातमा प्रयोग हुने माइक्रो वसमा समेत ईभीकै बर्चश्व छ ।
नेपालमा मात्रै नभई अहिले विश्वमै ईभी क्रेज बढ्दो छ । नयाँ प्रबिधी भएका कारण यसको भविष्य के होला भनेर शंका गर्नेहरु पनि उत्तिकै छन् । तर यसरी शंका गर्नेहरुका लागि हालै गरिएको एक ग्लोवल सर्बेक्षणले ईभीमा अभ्यस्त भैसकेकाहरु कुनैपनि हालतमा कम्वसन गाडीमा फर्कन नचाहने देखाएको छ ।
ग्लोबल ईभी एलायन्स स्टडीका अनुसार ९० प्रतिशत ईभी चालकले अर्को विद्युतीय सवारी किन्न योजना बनाएका छन् । जसमध्ये केवल १ प्रतिशतले मात्र परम्परागत पेट्रोल अर्थात कम्वसन गाडीमा फर्कन चाहेको बताए ।
ग्लोबल ईभी एलायन्स स्टडीले अमेरिका, क्यानडा, भारत, फ्रान्स, ब्राजिललगायत १८ विभिन्न देशका २३ हजार भन्दा बढी ईभी चालकबाट डाटा सङ्कलन गरेको बताइएको छ । उक्त अध्ययनका अनुसार अधिकांश ईभी चालकले कम्वसन कारमा फर्कनुको सट्टा ब्याट्रीबाट चल्ने सवारी साधनलाई नै निरन्तरता दिने बताए । सर्वेक्षण अनुसार, ९२ प्रतिशतले ईभीमै अडिन चाहेको बताए भने ४ प्रतिशतले प्लग–इन हाइब्रिड र केवल १ प्रतिशतले मात्र कम्वसन कारमा फर्किन चाहेको बताए ।
ईभीमै रमाउन चाहनेहरुले यी साधनको संचालन खर्च एकदमै कम हुने बताए । कम्वसनको तुलनमा ४५ प्रतिशत संचालन खर्च कम पर्ने, ४० प्रतिशतले बढी जलबायुमैत्री, ३२ प्रतिशतले बढी बातावरणमैत्री तथा २१ प्रतिशतले बढी राम्रो ड्राइभविलिटी र १८ प्रतिशत कम मर्मत लागत पर्ने उनीहरुको राय थियो ।
पोखरा – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले वाडा अटो शो...
अरबौं खर्च गरिएको, धेरै नेतृत्व परिवर्तन भएको र अनगिन्ती अफवाहहरूका साथ...
काठमाडौं – भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभीको सोरुम हेटौंडा र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...