स्कोडा काइल्याकलाई १० दिनमा १० हजारभन्दा बढी बुकिङ, नेपाल आउँदा मुल्य कति ?

बुकिङ खोलेको १० दिनमा स्कोडाले काइल्याक कम्प्याक्ट एसयूभीका लागि १० हजारभन्दा बढी बुकिङ प्राप्त गरेको छ । सो नयाँ एसयुभीको डेलिभरी जनवरी २७ देखी गर्ने स्कोडाले जनाएको छ ।

एमक्यूबी ए०– आईएन प्लेटफर्ममा आधारित ब्रान्डको पहिलो कम्प्याक्ट एसयूभी काइल्याक कुशाक भन्दा केही सानो छ । सो नयाँ एसयुभी क्लासिक, सिग्नेचर, सिग्नेचर प्लस र प्रेस्टिज गरी कुल ४ भेरिएन्टमा उपलब्ध छ । भारतमा यसको सुरवाती मुल्य ७ लाख ८९ हजार भारु निर्धारण गरिएको छ ।

नयाँ एसयुभीमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेको साथ ८ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १०.१ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली राखिएको छ । सब–४ मिटर एसयूभीमा भेन्टिलेटेड फ्रन्ट सिट, इलेक्ट्रिकली एडजस्ट गर्न मिल्ने ड्राइभर सिट, वायरलेस फोन चार्जर, क्यान्टन साउन्ड सिस्टम र एम्बियन्ट लाइटिङ समेत पाउन सकिन्छ ।

काइल्याकमा स्कोडाको उहि परानो १.० लिटर टर्बो–पेट्रोल इन्जिन जडान गरिएको छ । जसले ११३ बिएचपी पावर र १७८ एनएम टर्क जेनेरेट गर्दछ । एसयुभी ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्पमा उपलब्ध हुनेछ ।

कुशाक भन्दा सस्तो मुल्यमा आएको काइल्याक अवको केही समयपछि नेपाली बजारमा समेत उपलब्ध हुनेछ । नेपाल आउँदा यसको सुरुवाती मुल्य ४० लाख हाराहारीबाट सुरु हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

स्कोडाको उत्पादन क्षमता ३० प्रतिशतले बृद्धि, वर्षमा ७० हजार काइल्याक उत्पादनको लक्ष्य

स्कोडाको उत्पादन क्षमता ३० प्रतिशतले बृद्धि, वर्षमा ७० हजार काइल्याक उत्पादनको लक्ष्य

स्कोडाले भारतमा आफ्नो उत्पादन क्षमतालाई बृद्धि गरेको छ । कम्पनीले चाकन...

८ महिनामै ३० हजार यूनिट कायलाक बिक्री, स्कोडाको कुल बिक्रीमा ६५ प्रतिशत योगदान

८ महिनामै ३० हजार यूनिट कायलाक बिक्री, स्कोडाको कुल बिक्रीमा ६५ प्रतिशत योगदान

काठमाडौँ – स्कोडा इन्डियाले २०२४ को डिसेम्बरमा सार्वजनिक गरेको आफ्नो नयाँ...

स्कोडाको नयाँ ७ सिटर ईभी अर्को वर्ष लन्च हुने

स्कोडाको नयाँ ७ सिटर ईभी अर्को वर्ष लन्च हुने

स्कोडाले अर्को वर्ष लन्च हुने नयाँ फ्ल्यागशिप इलेक्ट्रिक एसयूभीको टिजर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...