ड्राइभिङ द फ्युचर : एक महिनामै नेपालको सडकमा गुड्न थाले ३०० नामी कार

नेपाली बजारमा डेलिभरी शुरु गरिए पश्चात करिव एक महिनाकै समयमा ३०० डोङफेङ नामी ईभी सडकमा गुड्न थालेका छन् । नामी ईभीमा भएका विभिन्न उत्कृष्ट फिचरका कारण मात्र नभई नेपालका लागि नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले गरेको विभिन्न प्रवर्धनात्मक कार्यले समेत यसमा भूमिका खेलेको मान्न सकिन्छ ।

बिग ह्याच विथ फाइभ–स्टार लक्जरी भनिने नामी ईभीलाई नेपाली अटोमोबाइल उद्योगमै पहिलो पटक एक विशेष फेसन शो थिममा लन्च गरिएको थियो। कारहरू लन्च गर्ने तरिकालाई पुनःपरिभाषित गर्दै यो अनौठो डेब्यू एक स्टाइलिश र आधुनिक उदाहरण बन्यो जसलाई दर्शकहरूले पनि रुचाएका थिए । फेसन र अटोमोटिभ इनोभेसनको फ्युजनले ग्राहकहरूको ध्यान खिच्दै नामीको डिजाइन, इनोभेटिव प्रविधि र प्रिमियम अपिललाई दर्शाएको थियो ।

उत्साह यतिमा मात्र रोकिएन । नाडा अटो शोमा नामीले नाडाभरि ७२० वटा भन्दा बढी बुकिङ प्राप्त गरेर आकर्षणको केन्द्र बन्दै आफ्ना उत्कृष्ट फिचर्सहरूले ग्राहकहरूलाई आकर्षित गरेको थियो। फ्रेमलेस डोर, मेमोरी सिटदेखि लेभल २ एडीएएस सुरक्षा प्रणाली र १२.८ इन्चको एड्भान्स्ड इन्फोटेनमेन्ट कन्सोलसम्म भएको नामीले आराम, सुरक्षा र प्रविधिको इनोभेटिव फ्युजन प्रदान गर्दछ । विभिन्न कलर विकल्पको उपलब्धता र लक्जरियस डिजाइनले यसलाई आधुनिक ड्राइभरहरूका लागि अति आकर्षक विकल्प बनाएको छ ।

सफलताको यस गतिलाई सदुपयोग गर्दै नामीले देशभरका ग्राहकहरूमा उत्साह ल्याउन क्षेत्रीय लन्चहरूको श्रृंखला नै सञ्चालन ग¥यो । यी प्रयासहरूको सफलता नेपालको सडकहरूमा स्पष्ट देख्न सकिन्छ। नेपालको सडकमा गुडिरहेका ३०० नामी कारहरूले यसको भव्यता, दिगोपन र नवीनताको सशक्त बयान गर्दछन्।

एमएडब्लु वृद्धि मोटर्सका बिजनेस हेड प्रसन्न पन्तले ब्रान्डको अहिलेसम्मको यात्राप्रति उत्साह व्यक्त गर्दै भने, ‘नामीले हाम्रो अपेक्षाभन्दा धेरै माइलस्टोन हासिल गरेको छ। फेसन शो थिममा ऐतिहासिक सुरुवातदेखि नाडा अटो शो र क्षेत्रीय लन्चहरूमा प्रभुत्व जमाउने नामी ग्राहकमाझ साँच्चै नै उल्लेखनीय बनेको छ। आज नेपालको सडकमा ३०० नामी कारहरू देखिनु हाम्रा ग्राहकहरूको यस ब्रान्डप्रतिको विश्वासको प्रमाण हो ।’

नामीको सफलताको कथा आधुनिक सोच र ग्राहक केन्द्रित इनोभेसनको प्रमाण भएको कम्पनीको भनाइ छ । ईभीको संसारमा यो प्रगति र लक्जरीको प्रतीक बनिरहेको छ ।

सम्बन्धित समाचारहरू

सीजी मोटर्सका गाडी किन्न प्रभु बैंकले सहज रुपमा कर्जा उपलब्ध गराउने

सीजी मोटर्सका गाडी किन्न प्रभु बैंकले सहज रुपमा कर्जा उपलब्ध गराउने

काठमाडौं – सीजी मोटर्सले नेपालमा बिक्री–वितरण गरिरहेको नेटा भी ब्रान्डका...

के समानता र फरक छ पोर्चुगल र नेपालको अटो बजारमा ? एक तुलनात्मक अध्ययन

के समानता र फरक छ पोर्चुगल र नेपालको अटो बजारमा ? एक तुलनात्मक अध्ययन

विश्वव्यापी रूपमा अटोमोबाइल क्षेत्र तीव्र परिवर्तनको चरणमा छ। विद्युतीय...

साझाको विद्युतिय वसले आजबाट सेवा शुरु गर्ने, यस्तो छ विशेषता

साझाको विद्युतिय वसले आजबाट सेवा शुरु गर्ने, यस्तो छ विशेषता

साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा विद्युति बसबाट सेवा सुरु गर्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...