महिन्द्रा बीई ६ई अब बीई६ नामले चिनिने

महिन्द्राले हालै भारतमा सार्वजनिक गरेको इलेक्ट्रिक एसयूभी बीई ६ईको नाम परिवर्तन गरेको छ । कम्पनीले अब सो कारको नाम बीई ६ राख्ने र त्यसै अनुसार बिक्री गर्नेछ ।

इन्डिगो एयरलाइनको संचालक कम्पनी इन्टरग्लोब एभिएसनका साथ चलिरहेको ट्रेडमार्क विवादका कारण महिन्द्राले यो निर्णय लिएको हो । इन्टरग्लोब एभिएसनले महिन्द्रा बीई ६ईमा प्रयोग गरिएको ६ई को प्रयाग वारेमा ट्रेडमार्क उल्लंघनको आरोप लगाएको थियो । इन्टरग्लोबले दिल्ली हाइकोर्टमा यस वारेमा मुद्दा समेत दर्ता गरेको छ र यसको फैसला डिसेम्बर ९ मा हुने सम्भावना छ ।

गत नोभेम्बर २६ मा भारतीय बजारमा बीई ६ई लन्च भएको थियो । महिन्द्रा इलेक्ट्रिकले एक औपचारिक विज्ञप्तिमार्फत ब्रान्डिङमा त्यस्तो विवाद नभएको बताएको छ । इन्डिगो एक एयरलाइन कम्पनी र महिन्द्रा म्यानुफ्याक्चरिङ कम्पनी भएका कारण त्यस्तो सम्भावना नभएको महिन्द्राको भनाइ छ ।

यद्यपि महिन्द्राको ईभीको नाम ६ई मात्र नभई बीई ६ई भएको समेत बताएको छ । तर पनि कारको नाम परिवर्तन गरिएको कम्पनीको भनाइ छ ।

यो भन्दा पहिले इन्डिगो नाममा पनि टाटा मोटर्ससँग इन्टरग्लोबको विवाद भएको थियो । टाटासँग इन्डिगो कार ब्रान्ड छ भने इन्टरग्लोबले अहिले पनि फरक इन्डष्ट्री र कार ब्रान्डमा इन्डिगोको प्रयोग गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

ड्राइभिङ टिप्स : यसरी समाउन सिकौ स्टेयरिङ ह्विल

ड्राइभिङ टिप्स : यसरी समाउन सिकौ स्टेयरिङ ह्विल

के तपाईं कार ड्राइभ गर्न सिक्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने कारको...

हिरो इलेक्ट्रिकले नयाँ प्रविधीको लिथियम आयोन व्याट्री उत्पादन गर्ने

हिरो इलेक्ट्रिकले नयाँ प्रविधीको लिथियम आयोन व्याट्री उत्पादन गर्ने

भारतीय इलेक्ट्रिक टु ह्विलर निर्माता हिरो इलेक्ट्रिकले नयाँ प्रविधीमा...

कमेडी च्याम्पियन सिजन–३ का विजेता सुनिल खड्काले जिते आकर्षक गाडी ‘नेटा भी’

कमेडी च्याम्पियन सिजन–३ का विजेता सुनिल खड्काले जिते आकर्षक गाडी ‘नेटा भी’

काठमाडौं – कमेडी च्याम्पियन सिजन–३ को बिजेता सुनिल खड्काले सिजी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...