सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ को मूल्य समायोजन, यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – सिट्रोनको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक कार ई–सी३ साइनको मूल्यमा केही परिमार्जन गरेको छ ।

पहिले देखि नै नेपाली बजारमा सिट्रोन ई–सी३ को फिल विदाउट भाइव र फिल विथ भाइव तथा साइन विथ भाइव भेरिएन्टको मूल्यमा सामान्य वृद्धि गरिएको हो । हाल नेपाली बजारमा सिट्रोन ई–सी३ का यी तीन भेरिएन्ट बिक्रीका लागि उपलब्ध छन् ।

भन्सार प्रयोजनका लागि सांग्रिला मोटर्सले सार्वजनिक गरेको मूल्य सूची अनुसार ई–सी३ को फिल विदाउट भाइव र फिल विथ भाइव भेरिएन्टको मूल्य क्रमशः ३६ लाख ६० हजार र ३७ लाख रुपैयाँ छ । त्यसैगरी साइन विथ भाइव भेरिएन्टको मूल्य ३९ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

पछिल्लो पटक गत जेठ महिनाको अन्त्यतिर सिट्रोनको ई–सी३ साइन भेरिएन्ट नेपाली बजारमा भित्रिएको थियो ।

सिट्रोन ईसी–३ साइनमा लेदर स्टेयरिङ ह्विल, रियर भ्यु क्यामेरा, इलेक्ट्रिकलल ओआरभीएम, १५ इन्चको आकर्षक डायमण्ड कट अलोय ह्विल, फ्रन्ट र रियर स्कीड प्लेट, वाइपर र रियर डिफगर लगायत फिचर थप गरिएको छ ।

सिट्रोन ईसी–३ मा २९.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री तथा ४२ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यो कारको ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ३२० किलोमिटर रेन्ज पाउन सकिने कम्पनी दावी छ । यसको ब्याट्रीलाई डिसी फास्ट चार्जरको साहयताले ५७ मिनेटमै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने एसी चार्जरले १० घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ । साथै यसमा पोर्टेवल चार्जिक केवल समेत पाउन सकन्छि ।

फ्रन्ट ह्विल ड्राइभ सिस्टम दिइएको यो कारको अधिकतम पावर ५७ पिएस र टर्क १४३ एनएम छ । यसैगरी, टप स्पिड १०७ किलोमिटर र ग्राउन्ड क्लियरेन्स १७० एमएम छ । युरो एनक्यापको सेफ्टी टेष्टमा ४ स्टार रेटिङ पाउन सफल ईसी–३ मा फ्रन्ट ड्युअल एयरब्याग, एबीएस र इबीडी लगायत अन्य धेरै सेफ्टी फिचर समेत पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

विशेष अफरका साथ नामी भिगो अब इटहरीमा पनि

विशेष अफरका साथ नामी भिगो अब इटहरीमा पनि

काठमाडौं–डोङफेङ नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि...

चलिरहेको ट्रकलाई सडकमै वायरलेस चार्ज गर्ने प्रविधि सफल

चलिरहेको ट्रकलाई सडकमै वायरलेस चार्ज गर्ने प्रविधि सफल

अमेरिकी इन्जिनियरहरूले विद्युतीय सवारी साधन चार्जिङ क्षेत्रमा ऐतिहासिक...

१५ हजार छुटमा लेक्ट्रो ई–साइकल, डाउनपेमेन्ट नगरी मासिक किस्तामा लिन सकिने

१५ हजार छुटमा लेक्ट्रो ई–साइकल, डाउनपेमेन्ट नगरी मासिक किस्तामा लिन सकिने

लेक्ट्रो ई–साइकलको सी५ मोडल खरिद गर्ने ग्राहकले १५ हजार नगद छुट पाउने भएका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...