यस्तो छ, रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन (फिचर र मुल्य सहित)

काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले हालै क्लासिक ३५० सिग्नल्स एडिसन लन्च गरेको छ । बाइकको सुरुवाती मूल्य ५ लाख ५५ हजार ७०० तोकिएको छ ।

३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीटु मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलको रुपमा लिइन्छ । सिग्नल्स एडिसन डेजर्ट स्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध रहेको छ ।

मोटरसाइकलमा ३५० सीसी क्षमताको नयाँ एयर आयल कुल्ड इन्जिन जडान गरिएको छ । उक्त इन्जिनको अधिकतम पावर २०.४८ पिएस छ भने टर्क २७ एनएम जेनेरेट गर्दछ । बाइकमा ५ स्पिड गियरबक्स जडान गरिको छ । सो नयाँ मोटरसाइकललाई ११३ किलोमिटर प्रतिघण्टको उच्च गतिमा हाँक्न सकिन्छ भने माइलेज ३५ किलोमिटर दाबी गरिएको छ ।

नयाँ एर्गोनोमिक्स, ग्रिप्स, रोटरी स्विच, इन्फो स्विच र ओभल मास्टर सिलिन्डर लगायतका विभिन्न फिचर यसमा उपलब्ध छन् । त्यसैगरी नयाँ पाइलट लाइटहरु भएको हेडलाइट र नयाँ डिजाइनको टेललाइट तथा एकीकृत रिफ्लेक्टर लगायत फिचर समेत यसमा पाउन सकिन्छ ।

बाइकको अगाडि ट्विन्स पिस्टन फ्लोटिङ क्यालिपर सहितको ३०० एमएम र पछाडि सिंगल पिस्टन फ्लोटिङ क्यालिपर सहितको १५३ एमएमको डिस्क ब्रेक जडान गरिएको छ । जसका कारण अझ बढी आत्मविश्वासपूर्ण ब्रेकिङ अनुभव लिन सकिन्छ ।

सम्बन्धित समाचारहरू

चर्चामा दुई प्रिमियम एड्भेन्चर बाइक, यस्ता छन् भिन्नता

चर्चामा दुई प्रिमियम एड्भेन्चर बाइक, यस्ता छन् भिन्नता

टु–ह्विलर बजारमा पछिल्लो समय दुई नयाँ एड्भेन्चर मोटरसाइकलले चर्चा...

राेयल इन्फिल्डकाे  लार्जेस्ट एक्सचेन्ज एण्ड फाइनान्स मेला सुरू

राेयल इन्फिल्डकाे लार्जेस्ट एक्सचेन्ज एण्ड फाइनान्स मेला सुरू

काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलहरूमा लार्जेस्ट एक्सचेन्ज एण्ड...

रोयल इन्फिल्डको मेगा सर्भिस क्याम्प २०२५ सफलतापूर्वक सम्पन्न

रोयल इन्फिल्डको मेगा सर्भिस क्याम्प २०२५ सफलतापूर्वक सम्पन्न

काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...