चीनमा फक्सवागन र एसएआईसीले २०४० सम्म सहकार्य गर्ने

फक्सवागन र एसएआईसीले चीनमा गरिरहेको सहकार्य सन् २०४० सम्म विस्तार गर्ने सम्झौता सम्पन्न गरेका छन् । जर्मनीको वल्फ्सवर्गमा अवस्थित कम्पनी फक्सवागनले सो जानकारी सार्वजनिक गरेको छ । यसले चिनियाँ अटो उद्योग र फराकिलो आर्थिक अवस्थालाई प्रतिविम्बित गरेको छ ।

दुवै कम्पनी मिलेर चिनियाँ बजारमा इलेक्ट्रिफिकेसन र इन्टेलिजेन्ट भेइकल टेक्नोलोजी विस्तार गर्ने कार्यमा प्रतिबद्धता जनाएका छन् ।

एसएआईसी र फक्सवागनले सन् १९८४ अक्टोबरमा सहकार्यको सुरुवात गरेका थिए र एसएआईसी फक्सवागन नामक पहिलो प्यासेन्जर कार ज्वाइन्ट भेन्चरको स्थापना गरेका थिए । त्यसपछि नै विभिन्न समयमा सो सहकार्यलाई नवीकरण गरिरहेका छन् ।

फक्सवागनको चाइनिज बजारका लागि एक प्रतिनिधिले सबै लेभलमा ‘इन चाइना, फर चाइना’ रणनीति अन्तर्गत कार्य गरिरहेको बताए । यस अनुसार सन् २०२६ मा नयाँ जेनेरेसनको इलेक्ट्रिफाइड भेइकल ल्याउने र आर्थिक तथा प्राविधिक रुपमा भविष्य केन्द्रित गाडी बजारमा ल्याउने उनले बताए ।

एसएआईसी फक्सवागनले सन् २०३० सम्म १८ नयाँ मोडल बजारमा ल्याउने र ती मध्ये १५ मोडल चाइनिज बजारलाई लक्ष्यित गर्ने तयारी छ । यस अनुसार आगामी दिनमा अल–इलेक्ट्रिक, रेन्ज–एक्सटेन्डेड भेरिएन्ट र प्लग–इन हाइब्रिड जस्ता प्रोडक्ट लाइनअप विस्तार गरिने छ ।

सम्बन्धित समाचारहरू

धनगढीमा सार्वजनिक भयो क्रेटा ईभी, ग्राहकसँग अन्तरक्रिया

धनगढीमा सार्वजनिक भयो क्रेटा ईभी, ग्राहकसँग अन्तरक्रिया

धनगढी – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...

कोरला नाकाबाट भित्रिए १,१९४ विद्युतीय कार

कोरला नाकाबाट भित्रिए १,१९४ विद्युतीय कार

काठमाडौं – नेपाल-चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ...

सीजी मोटर्सले नेपाली बजारमा नयाँ ब्रान्डको ईभी ल्याउने, निर्वाण चौधरीले गरे पुष्टि

सीजी मोटर्सले नेपाली बजारमा नयाँ ब्रान्डको ईभी ल्याउने, निर्वाण चौधरीले गरे पुष्टि

काठमाडौं – नेपालको प्रमुख व्यावसायिक घराना मानिने चौधरी ग्रुप इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...