नयाँ डिजाइन र एड्भान्स फिचरले सुसज्जित नयाँ होन्डा अमेज लन्चिङ हुनु अगावै सार्वजनिक

होन्डाले डिसेम्बर ४ मा नयाँ अमेज एसयूभी लन्च गर्ने भएको छ । सो एसयूभीको केही तस्विर सामाजिक सञ्जालमा लिक भएको छ । जसमा यसको इन्टेरियर र एक्सटेरियरको बारेमा लिक भएको छ । नयाँ होन्डा अमेज नयाँ डिजाइन र एड्भान्स फिचरसहित लन्च गरिने भएको छ ।

नयाँ होन्डा अमेजमा होन्डा सिटी र एलिभेट जस्तै बोल्ड डिजाइन दिइएको छ। यसको फ्रन्ट ठुलो ग्रिलको दुबै छेउमा डीआरएल सहित स्लिकर एलईडी हेडल्याम्पले सुसज्जित छ । ग्रिलको माथि कनेक्टेड क्रोम स्ट्रिप र अपग्रेड गरिएको क्ल्यामशेल बोनेटलाई प्रिमियम टच दिइएको छ। साथै यसको पछाडि एलईडी टेलल्याम्प र नयाँ डिजाइन गरिएको बम्पर प्रदान गरिएको छ। यसमा शार्क फिन एन्टेना, रिभर्स क्यामेरा र नयाँ अलोय ह्विल पनि देखिएको छ । नयाँ अमेजको डिजाइन पुरानो भन्दा निकै फरक छ ।

नयाँ होन्डा अमेजमा नयाँ ड्यासबोर्ड, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको ठुलो ८ इन्च फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र सेमी-डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ । यसको क्याबिनमा ड्युअल टोन कलर स्किम र नयाँ अपहोल्स्ट्री जस्ता प्रिमियम टच दिइएको छ । यसमा अटोमेटिक एयर कन्डिसन, रियर एसी भेन्ट र वायरलेस फोन चार्जर जस्ता फिचर उपलब्ध छ । यसको टप भेरिएन्टमा सिंगल-पेन सनरुफ प्रदान गरिएको छ।

सेफ्टीका लागि नयाँ होन्डा अमेजमा ६ एयरब्याग, एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम, लेन-किपिङ असिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल र अटोनोमस इमरजेन्सी ब्रेकिङ जस्ता फिचर उपलब्ध गराइएको छ। साथै यसमा ईबीडी सहितको एबीएस, हिल-होल्ड असिस्ट र रिभर्स क्यामेरासहितको पार्किङ सेन्सर जस्ता सेफ्टी फिचर उपलब्ध गराइएको छ।

नयाँ होन्डा अमेजमा पुरानो १.२ लिटर पेट्रोल इन्जिनलाई कायम राखिएको छ । सो इन्जिनले ९० एचपी पावर र ११० एनएम टर्क जेनेरेट गर्छ। सो इन्जिन ५ स्पिड म्यानुअल गियरबक्समा ट्युनिङ गरिएको छ । नयाँ होन्डा अमेजको सीएनजी भेरिएन्ट पनि लन्च गर्न सकिनेछ ।

नयाँ अमेजको मूल्य हालको मोडल भन्दा बढी हुने अपेक्षा गरिएको छ। हालको मोडलको मूल्य ७ लाख ३ हजार देखि १० लाख भारु सम्म रहेको छ । नयाँ अमेजले भारतीय बजारमा मारुती डिजायर, हुन्डाई औरा र टाटा टिगोरसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

होण्डा टेक्निसियन स्किल कन्टेस्ट सम्पन्न

होण्डा टेक्निसियन स्किल कन्टेस्ट सम्पन्न

काठमाण्डौ– होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सिप र...

होन्डा हाइनेस सीबी ३५० को खुल्यो नेपालमा बुकिङ, बुकिङ गर्दा ५० हजार छुट

होन्डा हाइनेस सीबी ३५० को खुल्यो नेपालमा बुकिङ, बुकिङ गर्दा ५० हजार छुट

काठमाडौं – नेपाली बजारमा होन्डाको नयाँ बाइक हाइनेस सीबी ३५० उपलब्ध हुने...

माइलेज ७०, वारेन्टी १० वर्ष

माइलेज ७०, वारेन्टी १० वर्ष

भारतमा हालै सार्वजनिक गरिएको होन्डाको नयाँ मोटरसाइकल साइन १०० चर्चित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...