महिन्द्राको दुई उत्कृष्ट इलेक्ट्रिक एसयूभी एक्सईभी ९ई र बीई ६ई लन्च, यस्तो छ फिचर

महिन्द्राले अनलिमिटेड इन्डिया इभेन्टमा भारत र विश्व बजारका एक्सईभी ९ई र बीई ६ई लन्च गरेको छ । साथै कम्पनीले यसको मूल्य पनि खुलासा गरेको छ । इलेक्ट्रिक कारको बढ्दो मागको बिचमा महिन्द्राले यी दुबै इलेक्ट्रिक एसयूभीको साथमा आफ्नो छाप छोड्न तयार छ ।

महिन्द्राको नयाँ फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी बीई ६ई को मूल्य १८ लाख ९० हजार र एक्सईभी ९ई को मूल्य २१ लाख ९० हजार भारुबाट सुरु हुन्छ। यी दुवै इलेक्ट्रिक एसयूभीको डेलिभरी सन् २०२५ को फेब्रुअरीबाट सुरु हुनेछ ।

कम्पनीले यी दुबै एसयूभीमा आकर्षक लुक र डिजाइनका साथै भरिपूर्ण फिचरले सुसज्जित गरेको छ । एक्सईभी ९ई मा ४३ इन्चको ट्रिपल स्क्रिन सेटअप दिइएको छ, जसमा यात्रु, चालक र सेन्ट्रल इन्फोटेनमेन्ट प्रदान गरिएको छ । यसलाई एकसाथ सिङ्क गरी थिएटर मोडमा रूपान्तरण गर्न सकिन्छ । बीई ६ई मा १२.३ इन्चको ड्युअल स्क्रिन सेटअप दिइएको छ ।

सो एसयूभीमा ३६० डिग्री क्यामेरा, अटो एडजस्टिङ हेडअप डिस्प्ले भिजन, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, मल्टिपल ड्राइभ मोड, कनेक्टेड कार फिचर, ६ एयरब्याग, १६ मिलियन कलर विकल्पसहितको एम्बियन्ट लाइटिङ र एड्भान्स ड्राइभर असिस्टेन्ट समावेश छ ।

सो एसयूभी इङलो इलेक्ट्रिक ओरिजिन आर्किटेक्चरमा निर्माण गरिएको छ । एक्सईभी ९ई को लम्बाइ ४७८९ एमएम र ग्राउन्ड क्लियरेन्स २०७ एमएम छ। यसमा १९५ लिटरको फ्रन्ट स्पेस र ६६३ लिटरको बुट स्पेस रहेको छ । साथै बीई ६ई को लम्बाइ ४३७१ एमएम र ४५५ लिटर बुट स्पेस छ तथा फ्रन्टमा ४५ लिटर स्पेस रहेको छ ।

महिन्द्रा एक्सईभी ९ई मा स्लिक एरोडायनामिक कुपे एसयूभी डिजाइन दिइएको छ । यसमा बोल्ड त्रिकोणीय हेडल्याम्प सेटअप, फ्लेर्ड ह्विल आर्च, फराकिलो एलईडी लाइटबार र १९ इन्चको पाङ्ग्रा छ । साथै बीई ६ईमा इन्टिग्रेटेड इन्भर्टेड एल आकारको डीआरएल, २० इन्च अलोय ह्विललगायत अन्य सुविधा छ । महिन्द्राका यी दुवै एसयूभीहरू निकै उत्कृष्ट, स्टाइलिश र फ्यूचरिस्टिक देखिन्छ ।

कम्पनीले सो दुबै एसयूभीमा ५९ किलोवाट र ७९ किलोवाटसम्मको ब्याट्री प्याक उपलब्ध गराएको छ । यसमा एलएफपी केमिस्ट्री भएको ब्याट्रीहरू छन् जसलाई अल्ट्रा फास्ट चार्जिङले सपोर्ट गर्छ । यसलाई १७५ किलोवाटको चार्जरको मद्दतले २० मिनेटमा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

एक्सईभी ९ई र बीई ६ई को ५९ किलोवाट ब्याट्री प्याकले २३१ एचपीको पावर उत्पादन गर्छ र ७९ किलोवाट ब्याट्री प्याकले २८६ एचपीको पावर र ३८० एमएमको टर्क जेनेरेट गर्छ । यी दुवै एसयूभीहरू ६.७ सेकेन्डमा ०-१०० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउन सकिन्छ। बीई ६ई ले सिंगल चार्जमा ६८२ किलोमिटर र एक्सईभी ९ई ले सिंगल चार्जमा ६५६ किलोमिटर रेन्ज प्रदान गर्छ । महिन्द्राका यी दुवै इलेक्ट्रिक एसयूभीमा लाइफटाइम ब्याट्री वारेन्टी दिइएको छ ।

सम्बन्धित समाचारहरू

टाटालाई पछि पार्दै महिन्द्रा बन्यो भारतको दोस्रो ठूलो कार निर्माता

टाटालाई पछि पार्दै महिन्द्रा बन्यो भारतको दोस्रो ठूलो कार निर्माता

सन् २०२५ महिन्द्रा एण्ड महिन्द्राका लागि ऐतिहासिक वर्ष बनेको छ। कम्पनीले...

महिन्द्रा बीई६ र एक्सईभी ९ई ईभी नाइमामा, यस्तो छ मूल्य

महिन्द्रा बीई६ र एक्सईभी ९ई ईभी नाइमामा, यस्तो छ मूल्य

काठमाडौं – राजधानीको भृकुटीमण्डमा चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो...

यस्ता आकर्षक फिचर सहित लन्च हुँदै स्कोर्पियो–एन

यस्ता आकर्षक फिचर सहित लन्च हुँदै स्कोर्पियो–एन

महिन्द्राले अब बजारमा ल्याउने नयाँ एसयूभीको नाम स्कोर्पियो–एन हुनेछ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...