नेपाल प्रिमियर लिग २०२४ को ‘ड्रिभन बाई’ सह–प्रायोजकमा ओमोडा एन्ड जेइको, गरियो एमओयु

काठमाडौँ – ओमोडा एन्ड जेइकोले नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा सह–प्रायोजकको रूपमा साझेदारी गरेको छ ।

नेपाल क्रिकेट संघ र ओमोडा एन्ड जेइकोबीच एनपीएल प्रायोजनको लागि एमओयु हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, क्यान र एनपीएलका सदस्यहरू, नेपालका लागि ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा तथा अन्य व्यवस्थापकीय सदस्यहरूको उपस्थिति रहेको थियो ।

नेपाल प्रिमियर लिगको पहिलो संस्करण एनपीएल २०२४ का खेलहरू कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यही मंसिर १५ देखि पुष ६ गतेसम्म हुने तालिका रहेको छ ।

एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एन्ड जेइको र एनपीएलबीचको यो सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि टेवा पुयाउने विश्वास व्यक्त गरे । उनले क्रिकेटको लागि लोकप्रियता तथा सफलता पाउँदै गरेको यो परिदृष्यमा खेल विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुरÞ्याउने बताए ।

क्रिकेट नेपालमा खेलिने र हेरिने सर्वाधिक लोकप्रिय खेलमध्ये एक हो जसको माध्यमबाट धेरै नेपाली फ्यानहरू जोडिन्छन् । ओमोडा एन्ड जेइकोको यस सहकार्यले नेपाली क्रिकेटको विकासमा उल्लेखनीय भूमिका खेल्नेछ भने प्रतिभावान नेपाली युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत गर्दै नेपाल क्रिकेट लिगको विकास र सफलतामा योगदान पुयाउने कम्पनीले अपेक्षा गरेको बताएको छ ।

सम्बन्धित समाचारहरू

सोकोन ब्राण्डको इलेक्ट्रिक भ्यान भोली सार्बजनिक हुँदै

सोकोन ब्राण्डको इलेक्ट्रिक भ्यान भोली सार्बजनिक हुँदै

काठमाडौं– एमएडब्लु वृद्धि अटोकर्पले भोली नेपाली बजारमा नयाँ इलेक्ट्रिक...

अब ओमोडा जेइको र आईकार मोडलहरूमा पनि ११ वर्षे एक्सटेन्डेड वारेन्टी

अब ओमोडा जेइको र आईकार मोडलहरूमा पनि ११ वर्षे एक्सटेन्डेड वारेन्टी

काठमाडौं – नेपालका लागि ओमोडा जेइको र आईकारको आधिकारिक विक्रेता एसपीजी...

१०० किलोवाट सम्मको मोटरमा बीवाईडी एट्टो ३ आउने, आज मूल्य सार्वजनिक हुने

१०० किलोवाट सम्मको मोटरमा बीवाईडी एट्टो ३ आउने, आज मूल्य सार्वजनिक हुने

काठमाडौं – नेपाली बजारमा उपलब्ध बीवाईडीको इलेक्ट्रिक कार एट्टो ३ अब १००...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...