कम डाउनपेमेन्ट र किस्ता मध्ये एक छानेर पल्सर वाइक लिन सकिने, यस्तो छ नयाँ स्किम
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड...
बजाजले आफ्नो नयाँ १२५ सीसी बाइक पल्सर एन १२५ बजारमा ल्याएको छ । कम्पनीले सो बाइक ९४ हजार ७०७ भारु मूल्यमा लन्च गरेको हो । भारतीय बजारमा यसले टीभीएस रेडर र हिरो एक्सट्रिम १२५आर सँग प्रतिस्पर्धा गर्छ ।
बजाज पल्सर एन १२५ नयाँ बाइक हो र यसलाई एन सिरिजका अन्य बाइकहरु जस्तै डिजाइन गरिएको छैन । यस बाइकको स्टाइल र लुक पल्सर एन सिरिजका अन्य बाइकभन्दा बिल्कुलै फरक र नयाँ छ । बाइकको डिजाइन निकै शार्प र ठुलो बनाइएको छ, जसका कारण सो बाइक निकै आकर्षक देखिन्छ ।
कम्पनीले बाइकमा एलईडी हेडलाइट, एलईडी टेललाइट र फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध गराएको छ । बाइकमा शार्प फ्युल ट्याङ्की कभर र रियर एन्ड पनि छ । बाइकको फ्युल ट्याङ्कीको दुबै छेउमा पल्सर ब्याजिङ र पछाडिको छेउमा १२५ सीसीको लोगो रहेको छ ।
बाइक ३ रङमा उपलब्ध छ । बाइकमा १२५ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले करिब १२ बीएचपी पावर र टर्क जेनेरेट गर्छ । यस बाइकको इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ ।
बजाज पल्सर एन १२५ मा पूर्ण रूपमा नयाँ डिस्प्ले दिइएको छ । यसको स्क्रिनमा स्पिड र आरपीएमसँगै गियर पोजिसन इन्डिकेटर, फ्युल लेभल, टाइम जस्ता जानकारी उपलब्ध हुनेछ । सो इन्स्ट्रयुमेन्ट क्लस्टर ब्लुटुथ कनेक्टिभिटीसँग सुसज्जित छ।
बाइकको अगाडि कभरसहित टेलिस्कोपिक फोर्क सस्पेन्सन र पछाडि मोनोसक सस्पेन्सन सेटअप छ । बाइकको अगाडि ९० एमएम चौडा र पछाडि ११० एमएम चौडा टायर जडान गरिएको छ । पल्सर एन१२५ को माइलेज लगभग ६० किलोमिटर प्रति लिटर छ।
नेपाली बजारमा पनि सो अपडेट भर्सनको बाइक केही समय पछि आउने अनुमान गर्न सकिन्छ ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड...
बजाज अटोले पल्सर १२५ को नयाँ संस्करण लन्च गरेको छ । अपडेट गरेर ल्याइएको सो...
काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...