यस्ता छन् रोयल इन्फिल्ड बुलेट ३५० को न्यु जेनेरेशन बाइकका महत्वपूर्ण विशेषता
रोयल इन्फिल्डले बुलेट ३५० को न्यु जेनेरेशन बाइक भारतीय बजारमा लन्च गरेको छ...
रोयल इन्फिल्डले नयाँ गोआन क्लासिक ३५० मोटरसाइकल भारतीय बजारमा लन्च गरेको छ । सो बाइकको प्रारम्भिक मूल्य २ लाख ३५ हजार भारु राखिएको छ ।
सो बाइकलाई सिंगल टोन र ड्युअल टोन पेन्ट विकल्पमा प्रस्तुत गरिएको छ, जसमा ड्युअल टोन भेरिएन्टको मूल्य २ लाख ३८ हजार भारु छ। नयाँ गोआन क्लासिक रोयल इन्फिल्ड क्लासिक ३५० मा आधारित रहेको भनिएको छ तर यसमा धेरै परिवर्तन गरिएको छ जसले यसलाई थप प्रिमियम र आकर्षक बनाएको छ ।
बाइकको ट्याङ्की, साइड बक्स, फेन्डर र हेडलाइट हाउसिङ क्लासिक ३५० जस्तै छ । यद्यपि, यसको एलईडी हेडलाइट, राउन्ड टेल ल्याम्प, एप-ह्याङ्गर ह्यान्डलबार र फर्वार्ड-सेट फुटपेगले यसलाई छुट्टै पहिचान दिइएको छ ।
बाइकमा १९ इन्च फ्रन्ट र १६ इन्च रियर स्पोक ह्विल छ । साथै, दुबै पाङ्ग्रामा डिस्क ब्रेक र ड्युअल च्यानल एबीएस रहेको छ । गोआन क्लासिकमा रेगुलर टेलिस्कोपिक फ्रन्ट फोर्क र रियर ड्युअल शर्क एब्जर्बर दिइएको छ । यसको फिचरमा एलईडी लाइटिङ, सेमी-डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, एडजस्टेबल लिभर र रोयल इन्फिल्डको ट्रिपर नेभिगेसन सिस्टम समावेश छ ।
रोयल इन्फिल्ड गोआन क्लासिक ३५० मा ३४९ सीसी जे सिरिजको सिंगल सिलिन्डर एयर कुल्ड इन्जिनले सुसज्जित गरेको छ, जसले २० एचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । ट्रान्समिसनका लागि इन्जिनलाई ५ स्पिड गियरबक्ससँग ट्युन गरिएको छ । बाइकको सिट उचाइ मात्र ७५० एमएम छ, जसले यसलाई छोटो राइडरका लागि पनि उपयुक्त बनाउँछ।
रोयल इन्फिल्ड गोआन क्लासिक ३५० ले जावा पेराकसँग प्रतिस्पर्धा गर्नेछ । साथै सो बाइकले जावा र येज्दीका अन्य मोटरसाइकल, रोयल इन्फिल्डका अन्य मोडल र होन्डा सीबी रेन्जसँग पनि प्रतिस्पर्धा गर्नेछ ।
रोयल इन्फिल्डले बुलेट ३५० को न्यु जेनेरेशन बाइक भारतीय बजारमा लन्च गरेको छ...
प्रायः हामी आर्थिक दृष्टिबाट सफल कसरी हुने भनी सोचिरहेका हुन्छौँ ।...
नेपालमै मोटरसाइकल एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा उद्योग विभागमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...