एथर स्कुटरमा अब ८ वर्ष अर्थात ८० हजार किलोमिटर वारेन्टि

विद्युतिय स्कुटर निर्माता एथरले अब आफ्नो ब्याट्री प्याकहरूमा ८ वर्ष अर्थात ८० हजार किलोमिटरको विस्तारित वारेन्टी प्रदान गर्ने भएको छ । कम्पनीका अनुसार यो सुबिधा प्रो प्याक रोज्ने ग्राहकहरूलाई मात्र उपलब्ध हुनेछ ।

हाल उपलब्ध गराउँदै आएको ५ वर्ष अर्थात ६० हजार किलोमिटर वारेन्टीलाई बढाएर ८ वर्ष अर्थात ८० हजार किलोमिटर पुर्याइएको हो । जसका लागि ग्राहकले ५ हजार भारु अतिरिक्त भुक्तानी गर्नुपर्ने जनाइएको छ । प्रो प्याक योजनाले ब्याट्रीको गहिरो डिस्चार्जलाई कभर गर्ने र ८ वर्ष सम्मका लागि ब्याट्री हेल्थ ७० प्रतिशत आश्वासन गर्नेछ ।

इ–स्कुटरको आधारमा प्रो प्याकको लागत रु १३ हजारदेखी २० हजार भारुसम्म कायम गरिएको छ । उक्त प्याकका लागि यसअघि ८ हजारदेखी १५ हजार भारुसम्म भुक्तानी गरेर ५ वर्ष अर्थात ६० हजार किलोमिटर वारेन्टि पाउन सकिन्थ्यो ।

प्रो प्याकले ग्राहकलाई थप राइडिङ मोड, गाइड–मी–होम लाइट, कोस्टिङ रेजेन, नेभिगेसन, चोरी सूचनाहरू, सवारी तथ्याङ्कहरू र अन्तर–शहर पार्किङ जस्ता सुविधाहरूमा पहुँचसमेत दिने जनाइएको छ ।

एथरका स्कुटर नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ । नेपालमा बैद्यज इनर्जीले यो ब्रान्डलाई बिक्री बितरण गर्दै आएकोमा भारतमा जस्तै नेपालमा पनि यसको विस्तारित वारेन्टि सेवा लागु हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

एथर ४५० एक्समा ओटीए अपडेट मार्फत इन्फिनिट क्रुज सुविधा पाइने

एथर ४५० एक्समा ओटीए अपडेट मार्फत इन्फिनिट क्रुज सुविधा पाइने

एथर इनर्जीले ४५० एक्समा इन्फिनिट क्रुज सुविधा प्राप्त गर्ने घोषणा गरेको छ...

एथर ४५० एपेक्समा अव क्रुज कन्ट्रोल फिचर पनि, मूल्य कति ?

एथर ४५० एपेक्समा अव क्रुज कन्ट्रोल फिचर पनि, मूल्य कति ?

एथर इनर्जीले ४५० एपेक्सलाई क्रुज कन्ट्रोल फिचरसहित अपडेट गरेको छ । ४५०...

नयाँ रंगमा नेपाल आयो एथर रिज्टा

नयाँ रंगमा नेपाल आयो एथर रिज्टा

इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरको रिज्टा नयाँ रंगमा नेपाल आएको छ । एथर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...