एमएडब्लू हायर पर्चेजले पायो उत्कृष्ट करदाताको सम्मान

आन्तरिक राजश्व कार्यालय विराटनगरले एमएडब्लू हायर पर्चेज प्रालिलाई यो पटकको उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको छ । कार्यालयले १३औं राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन समारोहमा एमएडब्लूलाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो ।

कार्यालयका प्रमुख कर अधिकृत भूपालराज शाक्य र कार्यक्रमका प्रमुख अतिथी मोरंगका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले कम्पनीका महाप्रबन्धक प्राणनाथ भट्टराईलाई उत्कृष्ट करदाताको प्रमाणपत्र प्रदान गर्दै उक्त सम्मान प्रदान गरेका थिए ।

नेपाल राष्ट्र बैंकको इजाजत पत्र अनुसार वि.सं. २०६८ सालमा स्थापना भएको एमएडब्लू हायर पर्चेजले आफ्ना ग्राहकहरूलाई सजिलो र झन्झटमुक्त हायर पर्चेज समाधानहरू उपलब्ध गराउँदै आएको छ ।

एमएडब्लू इन्टरप्राइजेजको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पानीले एक अग्रणी हायर पर्चेज फाइनान्सिङ कम्पनीका रूपमा मुख्यत साना र मझौला कम्पनीका उद्यमीहरूलाई व्यावसायिक सवारीसाधन र भारी उपकरणहरूको फाइनान्सिङ सेवा प्रदान गरेर उनीहरूका वित्तीय लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

दसैंमा गाडी योजना : एभरेष्ट बैंकले यसरी दिन्छ गाडी किन्नका लागि अटो लोन

दसैंमा गाडी योजना : एभरेष्ट बैंकले यसरी दिन्छ गाडी किन्नका लागि अटो लोन

काठमाडौं – नयाँ सवारी साधन किन्नका लागि अन्य बैंक जस्तै एभरेष्ट बैंकले पनि...

बिना धितो ८० प्रतिशतसम्मको फाइनान्स सुबिधामा आयसर ब्रान्डको गाडी

बिना धितो ८० प्रतिशतसम्मको फाइनान्स सुबिधामा आयसर ब्रान्डको गाडी

बैंक तथा बित्तिय संस्थामा लगानी योग्य पूजीँको अभाव र राष्ट्र बैंकले हायर...

आयात बन्द मात्र कारण होइन : अरु यी कारणले पनि सुस्त छ अटो बजार

आयात बन्द मात्र कारण होइन : अरु यी कारणले पनि सुस्त छ अटो बजार

बैंक तथा वित्तीय संस्थामा तरलता अभाव चर्किएसँगै ओरालो लागेको सवारी बजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...