कम उचाइका राइडरलाई लक्षित गर्दै कावासाकीले ल्यायो नयाँ केएलएक्स २३० एस, मूल्य पनि परिमार्जित
कावासाकीले सन् २०२७ का लागि आफ्नो लोकप्रिय अफरोड मोटरसाइकल केएलएक्स २३०...
बाइक लामो समयसम्म कुनै समस्या विना चलाउनका लागि यसलाई समयमै सर्भिस गर्नु धेरै महत्त्वपूर्ण छ । विशेष गरी जब नयाँ बाइक किनिन्छ । नयाँ बाइक किन्दा पहिलो सर्भिसिङ धेरै महत्त्वपूर्ण हुन्छ । नयाँ बाइकलाई समयमै सर्भिस गरिएन भने इन्जिनमा नकारात्मक असर पर्छ ।
बाइकको पहिलो सर्भिस कम्पनीले तोकेको समय र किलोमिटर भित्र गर्नुपर्छ । नयाँ बाइक किन्दा कम्पनीले बाइकको साथमा एउटा बुकलेट पनि दिएको हुन्छ, जसमा नयाँ बाइकको पहिलो सर्भिस कति किलोमिटरमा गर्नुपर्छ भन्ने जानकारी दिइएको हुन्छ। धेरै कम्पनीले नयाँ बाइकको पहिलो सर्भिस ७५० र कतिपयले १००० किलोमिटर पछि गराउन सल्लाह दिएका हुन्छन् ।
यदि तोकिएको किलोमिटरमा वा समयमा नयाँ बाइक सर्भिस गराउन सकेन भने यसले इन्जिनमा नकारात्मक असर पार्न सक्छ। बाइकको इन्जिन समेत बिग्रन सक्छ । वास्तवमा, इन्जिनमा मेटलका साना साना कण हुन्छ, जुन बाइक चलाउँदा घिसिएर इन्जिनको तेलमा मिसिन्छ । त्यसैले समयमै बाइक सर्भिस गरिएन भने इन्जिन बिग्रन सक्छ ।
नयाँ बाइकको पहिलो सर्भिसमा बाइकको इन्जिन आयल परिवर्तन गरिन्छ,, जसका कारण यसमा पाइने साना धातुका कण बाहिर निस्कन्छ । त्यसैगरी समयमै सर्भिस नहुँदा इन्जिन, भल्भ र पिस्टनमा प्रतिकूल असर पर्ने गरेको छ । जसका कारण पिस्टन पनि बिग्रन सक्छ र इन्जिन बिग्रने सम्भावना अझै बढ्छ ।
साथै कम्पनीले तोकेको किलोमिटरमा नयाँ बाइकको पहिलो सर्भिस गरिएन भने यस्तो अवस्थामा बाइकको कुनै पार्टमा क्षति पुगेमा कम्पनीले उक्त पार्टको वारेन्टी रद्द गर्न पनि सक्छ ।
यी सबैका कारण नयाँ किनेको बाइकको पहिलो सर्भिसिङ धेरै महत्वपूर्ण हुन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...