४ महिनामा नेपाल भित्रिए ८ अर्ब बढीका ईभी, कुन देशबाट कति ?

काठमाडौं - चालु आर्थिक वर्ष २०८१/०८२ को ४ महिना अर्थात साउनदेखि कार्तिकसम्म नेपाली बजारमा ८ अर्ब ३७ करोड ९ लाख ५२ हजार रुपैयाँ ईभी गाडीको आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार उक्त रकमका ३ हजार ४८७ ईभी गाडी (कार, जिप र भ्यान) आयात भएका छन् ।

यसबाट सरकारले ५ अर्ब १९ करोड २० लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको विभागले बताएको छ । विभागको तथ्याङकले ५० किलोवाट क्षमताका ईभी १ हजार ५०, ५१ देखि १०० किलोवाट क्षमताका २१ सय १५ र १०१ देखि २०० किलोवाट क्षमताका ३१६ वटा गाडीको आयात भएको देखाएको छ ।

यस्तै, २०१ देखि ३०० किलोवाटसम्मको चार र ३०० किलोवाटमाथिको दुई वटा गाडी आयात भएको विभागको तथ्याङकले देखाएको छ । नेपालमा ईभी गाडीलाई सरकारले प्राथमिकता दिनु साथै आवश्यक पूर्वाधार निर्माण गर्नुले ईभीको प्रयोग बढ्दै गएको छ ।

यो वर्षको कात्तिक महिनामा मात्र ९६९ कार, जिप र भ्यान भित्रिएका छन् भने यी सहित अन्य चारपांग्रे ईभी गरी १ हजार १८६ युनिट आयात भएका छन् । गत असोज महिना सम्म तीन महिनाको अवधिमा २ हजार ५१८ ईभी आयात भएका थिए ।

कुन देशबाट कति भयो आयात ?

नेपालमा ईभी गाडीको उत्पादन नहुने हुँदा विभिन्न देशबाट यस्ता गाडी आयात हुँदै आएको छ । विभागका अनुसार हाल ईभी गाडीको आयात सबैभन्दा बढी भारत र चीनबाट हुन्छ ।

यो तीन महिनामा ५० किलोवाट क्षमता भएका ईभी चीनबाट ५१३ र भारतबाट ५३७ वटा भित्रिएका छन् । यस्तै ५१ किलोवाटदेखि १०० किलोवाट क्षमता भएका गाडी चीनबाट १६ सय ८७ र भारतबाट ४३२ वटा आयात भएको विभागको तथ्याङकले देखाएको हो

यसैगरी १०१ देखि २०० किलोवाट क्षमता भएका चीनबाट ३१०, जर्मनीबाट ४ र अमेरिकाबाट दुई वटा गाडी भित्रिएका छन् । विभागले २०१ देखि ३०० किलोवाट क्षमता भएका चीनबाट दुई र जर्मनीबाट दुई वटा गाडी बिक्रेता कम्पनीहरूले ल्याएको बताएको छ ।

यसका साथै ३०० किलोवाटमाथिको एउटा गाडी चीनबाट आयात भएको विभागले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

टियागो, कोना र ई५ : कुनै एक ईभी किन्ने विचार भए यस्तो छ अफर

टियागो, कोना र ई५ : कुनै एक ईभी किन्ने विचार भए यस्तो छ अफर

नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका इलेक्ट्रिक कार किन्नका लागि विभिन्न...

८२ हजारले अवलोकन गरे नाडा अटो शो २०२४, कुन कम्पनीको बुकिङ कति ?

८२ हजारले अवलोकन गरे नाडा अटो शो २०२४, कुन कम्पनीको बुकिङ कति ?

काठमाडौं – गत भाद्र ११ देखि प्रारम्भ भएको नाडा अटो शो २०२४ हिजो समापन भएको छ...

एउटै मोडलमा निर्भर यी ईभी ब्रान्ड, कुनको मूल्य कति ?

एउटै मोडलमा निर्भर यी ईभी ब्रान्ड, कुनको मूल्य कति ?

काठमाडौं– नेपाली अटो बजारमा नयाँनयाँ ब्रान्डका ईभी भित्रिने क्रम जारी छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...