युरोपमा पहिलो पटक चाइनिज कार ब्रान्डले जिते जापनिज ब्रान्डलाई, बजार हिस्सा १२.७ प्रतिशत
युरोपेली कार बजारमा चिनियाँ अटोमोबाइल ब्रान्डले पहिलोपटक पूर्ण...
दिपलले गत अक्टोवर २० मा लन्च गरेको नयाँ इलेक्ट्रिक एसयुभी एस०५ अहिले चिनियाँ बजारमा लोकप्रिय वनिरहेको छ । कम्पनीका अनुसार एक महिनाको अबधीमा सो नयाँ एसयुभीले २१ हजार ७३० यूनिट अर्डर पाएको छ ।
लन्च भएको सुरुवाती १० दिनमा १० हजार युनिट अर्डर पाएको यो एसयुभी अत्याधुनिक फिचरका कारण चर्चित बनेको हो । चांगन मातहतको ईभी ब्रान्ड दिपलले हाल उत्पादन गर्दै आएको गाडी संख्या अनुसार एस०५ लाई समयमै डेलिभरी दिनु चुनौतीपूर्ण हुने जनाइएको छ । गत अक्टोवरमा कुल २७ हजार ८६२ युनिटमात्र ईभी डेलिभरी दिन सकेको दिपलले एस०५ बाट मात्रै २१ हजार बढी अर्डर पाएपछि समयमै डेलिभरी दिनु चुनौतीपूर्ण बनेको हो ।

एस०५ मा दिपलले फोरके इन्टेलिजेन्ट क्यामेरा दिएको छ । उक्त क्यामेरमा ६४जी स्टोरेज स्पेस उपलब्ध छ र यसमा २१ हजार फोटोहरु वा १२ घण्टाको भिडियो स्टोर गर्न सकिन्छ । त्यसैगरी यसमा भएको हुवावे एक्सपिक्सेलको सहयोगले चल्ने १.३ मिलियन पिक्सेलको इन्टेलिजेन्ट हेडलाइटले १२० इन्चको स्क्रिन प्रोजेक्सन गर्न सक्छ ।
यसमा भएको प्रविधि पनि लोभ लाग्दो छ । यसमा एडेप्टिभ क्रुज कन्ट्रोल, लेन सेन्टरिङ कन्ट्रोल र इन्टेलिजेन्ट पार्किङ असिस्ट जस्ता एड्भान्स्ड ड्राइभिङ असिस्टेन्स फङसनको अनुभवका लागि पाँच वटा हाई डेफिनेसन क्यामेरा, पाँच एमएमका वेभ राडार र १२ अल्ट्रासोनिक राडार रहेका छन् । यसमा हाई स्ट्रेन्थ स्टिल आल्मुनियम बडी र ६ एयरब्याग रहेका छन् ।

यसको ईभी भेरिएन्टमा १७५ किलोवाट र ३२० एनएम रियर इलेक्ट्रिक मोटर रहेको छ, जसमा ५६.१२ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री रहेको छ । यसले सीएलटीसी रेन्ज ५१० किलोमिटर दिन्छ । सो ब्याट्री ३० देखि ८० प्रतिशत चार्ज हुन १५ मिनेट मात्र लाग्छ ।
कारको इन्टेरियरमा १५.४ इन्चको २.५के सेन्ट्रल कन्ट्रोल स्क्रिन रहेको छ । यसको स्टेयरिङ ह्विल ‘डी’ आकारको छ । यसमा दिपल ओएस ३.० प्रयोग गरिएको छ ।
नेपाली बजारमा हाल एमएडब्लु वृद्धिले दिपल एल०७ र एस०७ को बिक्री–वितरण गरिरहेको छ । आगामी दिनमा एस०५ पनि नेपाली बजारमा आउने सहजै अनुमान गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...