भारत स्टेज के हो, कहिले सुरु भयो, प्रदूषण कम गर्न कसरी सहयोगी हुन्छ ?

भारत स्टेज उत्सर्जन मानक वा बीएस मानक सवारी साधनबाट हुने प्रदूषणको उत्सर्जनलाई सीमित गर्न भारतको केन्द्र सरकारले स्थापना गरेको उत्सर्जन मानक हो । भारत स्टेज उत्सर्जन मानक पर्यावरण, वन र जलवायु परिवर्तन मन्त्रालय अन्तर्गत केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड द्वारा लागू गरिन्छ । भारतमा भारत स्टेज उत्सर्जन मापदण्ड युरोपेली उत्सर्जन मापदण्डमा आधारित छ ।

युरोपमा यस्ता मापदण्ड यूरो १, २, ३ मा नापिन्छ भने भारतमा यो सन् २००० मा सुरु गरिएको थियो । सन् २००० र २०१० को बीच भारतमा चरण-१ र २ लागू गरिएको थियो। त्यसपछि सन् २०१० मा बीएस–३ लागू भएको थियो । २०१७ अप्रिल १ देखि बीएस–४ लागू भएको थियो ।

२०२० अप्रिल १ देखि बीएस६ पहिलो चरण लागू गरेको थियो भने दोस्रो चरण १ अप्रिल, २०२३ बाट लागू गरिएको थियो । भारत सरकारले बीएस–५ मापदण्ड ल्याएको छैन र बीएस–४ पछि सीधै बीएस–६ लागू भएको थियो ।

भारत स्टेज मापदण्ड लागू पछि यसले प्रदूषण कम गर्न पनि मद्दत गर्छ। नयाँ मापदण्डको कार्यान्वयनसँगै अटोमेकरले आफ्ना सवारीसाधन अपडेट गर्नुपर्छ, जसमा मुख्यतया इन्जिनमा परिवर्तन हुन्छ । साथै फ्युल आपूर्ति गर्ने कम्पनीले पनि इन्धनको गुणस्तरमा सुधार गर्नुपर्छ । त्यसपछि इन्जिनमा अपडेट टेक्नोलोजीसहितको राम्रो इन्धन प्रयोग गरिन्छ र यसले प्रदूषण कम गर्न मद्दत गर्छ।

सम्बन्धित समाचारहरू

टिप्स : कारमा प्रयोग हुन्छन् यी ६ प्रकारका तरल पदार्थ, गर्नुस् समयमै परिवर्तन

टिप्स : कारमा प्रयोग हुन्छन् यी ६ प्रकारका तरल पदार्थ, गर्नुस् समयमै परिवर्तन

कारलाई राम्रो कन्डिशनमा राख्नका लागि समय समयमा मर्मत गर्नुका साथै समयमै...

ग्यास र इन्धनको मूल्य बढाएर कालोबजारी गर्नेमाथि महानगरको निगरानी सुरु

ग्यास र इन्धनको मूल्य बढाएर कालोबजारी गर्नेमाथि महानगरको निगरानी सुरु

काठमाडौं – काठमाडौं महानगरपालिकाले खाना पकाउने एलपी ग्यास र सवारी...

कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर नाघ्यो, १५० डलरसम्म पुग्ने अुनमान

कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर नाघ्यो, १५० डलरसम्म पुग्ने अुनमान

काठमाडौं–इजरायल–अमेरिका र इरानबीचको युद्धले विश्वभर पेट्रोलियम अभावको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...