सिजी मोटर्सको एक्सचेन्ज क्याम्प, पुराना गाडीसँग नेटा भी साट्न सकिने
काठमाडौं– सिजि मोटर्सले पुराना गाडीसँग नेटा भी साट्न सकिने क्याम्पको...
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठलाई बीवाईडी एट्टो ३ गाडी हस्तान्तरण गरेको छ ।
यो भन्दा पहिले मदनकृष्णकै जोडी हरिबंश आचार्यले बीवाईडी एट्टो ३ नै चढिरहेका छन् । हरिबंश आचार्य नेपालमा बीवाईडीको ब्रान्ड एम्बेसडर समेत हुन् ।
त्यसैगरी हालै साइमेक्स इंकले नेपाली खेलकुद जगतका लागि अर्को महत्वपूर्ण कार्य गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज क्लब ‘काठमाडौं गुर्खाज’को टाइटल स्पोन्सर बीवाईडी बनेको छ ।
यस प्रकार बीवाईडी नेपालले नेपाली खेलकुद जगतका लागि समेत केही योगदान दिने तयारी थालेको छ ।
यी दुई महत्वपूर्ण कार्य बीवाईडीको विश्व इतिहासमा भएको एक उल्लेखनिय उपलब्धि हासिल भएको समयमा भएको छ ।

बीवाईडीले हालै १ करोड एनईभी अर्थात न्यु इनर्जी भेइकल उत्पादनको महत्वपूर्ण माइलस्टोन हासिल गरेको छ । यही उपलब्धिलाई देखाउने गरी बीवाईडीका नेपालस्थित शोरुमहरुमा पनि केही झलक देखिएको छ ।
बीवाईडीले ५० लाख एनईभी उत्पादन गर्न १५ वर्षको समय लगाएको थियो । तर अर्को ५० लाख सवारी साधन उत्पादनको लक्ष्य भने १५ महिनामै हासिल गर्न सफल भएको छ ।
सन् २०२२ नोभेम्बर १६ अर्थात ठ्याक्कै तीन वर्ष पहिले बीवाईडीले ३० लाखौ एनईभीको रुपमा प्योर इलेक्ट्रिक बीवाईडी सिल सार्वजनिक गरेको थियो। त्यसैगरी ५० लाखौ एनईभी सन् २०२३ अगस्ट ९ मा सार्वजनिक गरिएको थियो भने क्रमिक रुपमा उत्पादन बढ्दै गएर यही वर्षको सेप्टेम्बरमा ९० लाखौ एनईभी उत्पादन भएको थियो । करिव दुई महिनाकै अवधिमा कम्पनीले फेरि १० लाख उत्पादन बढाएर १ करोडौं सवारी अर्थात एनईभी सार्वजनिक गरेको हो ।
काठमाडौं– सिजि मोटर्सले पुराना गाडीसँग नेटा भी साट्न सकिने क्याम्पको...
मारुती सुजुकीले कम्पनीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा भारत ग्लोबल...
काठमाडौं – चेरी अटोमोबाइल कम्पनी लिमिटेडको सब-ब्रान्ड, ओमोडा एन्ड जेइको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...