१२५ चार्जिङ स्टेशन सञ्चालनको तयारीमा एमएडब्लु वृद्धि

काठमाडौं - चिनियाँ ब्रान्ड फोटोन गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले गाडी बिक्री सँगसँगै चार्जिङ स्टेशनको निर्माणलाई पनि तीव्रता दिएको छ । नेपालमा इलेक्ट्रिक भेइकल (ईभी)को प्रयोग र माग बढ्दो रहँदा चार्जिङ स्टेशनको आवश्यकता ठम्याई कम्पनीले निर्माणको कार्य अगाडि बढाएको हो ।

कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ भित्रै देशका विभिन्न स्थानमा १२५ वटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याउने योजना बनाएको छ । जसमध्ये अहिलेसम्म फोटोनका ६६ वटा चार्जिङ स्टेशन तयार भई सञ्चालनमा आइसकेको एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले जानकारी दिएका छन् ।

अग्रवालका अनुसार बाँकी चार्जिङ स्टेशन यो आर्थिक वर्षको अन्तिमसम्ममा सञ्चालनमा आउने छन् । एमएडब्लू वृद्धिले गत आर्थिक वर्ष २०८०/८१ मा पनि ५५ वटा चार्जिङ स्टेशन निर्माण गर्ने लक्ष्यका साथ काम गरेको थियो । उक्त स्टेशन मध्ये अहिले अधिकांश स्टेशनहरु सञ्चालनमा आइसकेको कम्पनीको भनाइ छ ।

कम्पनीले उक्त वर्ष २ करोड रुपैयाँ व्यवस्थापन गरी चार्जिङ स्टेशन निर्माण अगाडि बढाएको हो । फोटोन गाडीको लागि आवश्यक पूर्वाधारहरू कम्पनीले क्रमबद्ध रूपमा तयार गर्दै जाने अध्यक्ष अग्रवालले बताए ।

‘केही चार्जिङ स्टेशन निर्माण भई सञ्चालनमा आइसकेका छन् भने केही स्टेशनहरु निर्माणको चरणमा छन्, यो वर्ष थप स्टेशनहरु तयार गरी यस वर्षको अन्तिमसम्ममा १२५ वटा स्टेशन सञ्चालनमा ल्याउने छौं,’ उनले भने ।

नेपाल विद्युत् प्राधिकरणले तोकेको शुल्क अनुरूप नै शुल्क बुझाएर उक्त चार्जिङ स्टेशनबाट गाडी चार्ज गर्न सकिने कम्पनीले बताएको छ । सवारी साधनहरूमा रहेको ब्याट्री क्षमता अनुसारको चार्जिङ स्टेशन तयार गरिएको कम्पनीको भनाइ छ ।

फोटोनका ईभी गाडी लङ रुटका लागि निकै उपयुक्त मानिन्छन् । यातायात व्यवसायीहरूले लामो यात्राका लागि खरिद गरेका फोटोनका गाडीमा चार्जिङ स्टेशन कमीका कारण यात्रु र चालकले दुख भोग्नु नपरोस् भनेर कम्पनीले यस्तो पूर्वाधारको व्यवस्थापन गरिदिएको हो ।

कम्पनीले अधिकांश रुटमा चल्ने गाडीलाई लक्षित गर्दै चार्जिङ स्टेशनको निर्माण गरिरहेको छ । ईभी गाडीका प्रयोगकर्ता बढेसँगै ईभीका लागि चाहिने पूर्वाधारको कमी नहोस् भन्ने उद्देश्य कम्पनीले राखेको छ ।

‘नेपालमा ईभी चार्जिङ स्टेशनहरूको अवस्थिति सुधार भइरहेको छ, यसले भविष्यमा एक महत्वपूर्ण क्षेत्रको रूपमा विकास पाउने छ, कम्पनी पनि फोटोनको पूर्वाधार साथै सेवा विस्तारमा सक्रिय भएर लाग्ने छ,’ उनले भने ।

विश्व व्यापी मात्र नभई फोटोन अहिले नेपालमा पनि एक लोकप्रिय ब्रान्डको रूपमा स्थापित भइसकेको छ । हाल नेपाली सडकमा फोटोनका १२ सय भन्दा बढी गाडीहरू गुडिरहेको अग्रवालले जानकारी दिए ।

नेपालमा एमएडब्लू वृद्धिले केही मात्र फोटोनको दुई वटा मोडलका प्यासेन्जर ईभी भ्यान सार्वजनिक गरेको छ । कम्पनीले १४ र १५ सिट क्षमता भएको माउन्टेन ईभी भ्यान बजारमा ल्याएको हो । फोटोनको देशका विभिन्न स्थानमा १८ वटा ब्रान्च र २४ वटा भन्दा बढी सर्भिस नेटवर्क रहेका छन् ।

नेपालमा ईभी चार्जिङ स्टेशनहरूको निर्माणको अवस्था अहिले बढिरहेको छ । स्टेशन निर्माणको चरण प्रारम्भिक हुदा गाडीको प्रयोग अनुसारको यसको निर्माण गरिराखिएको छ । सरकार र निजी क्षेत्र दुवैले ईभी चार्जिङ नेटवर्कको विस्तारमा ध्यान दिइरहेका छन् । जसले भविष्यमा इलेक्ट्रिक सवारीको प्रयोगलाई थप प्रोत्साहित गर्ने देखिन्छ ।

सम्बन्धित समाचारहरू

भारतीय बजारमा रेनोको पहिलो इलेक्ट्रिक कार आउँदै, कस्तो असर गर्ला टाटाको ईभीलाई ?

भारतीय बजारमा रेनोको पहिलो इलेक्ट्रिक कार आउँदै, कस्तो असर गर्ला टाटाको ईभीलाई ?

टाटाले हाल भारतीय इलेक्ट्रिक कार बजारमा आफ्नो प्रभुत्व जमाइरहेको छ र हाल...

रेनोको सबैभन्दा सानो ईभी सार्वजनिक, २६३ किमी रेन्जको स्टाइलिस ईभी सहरका लागि उपयुक्त

रेनोको सबैभन्दा सानो ईभी सार्वजनिक, २६३ किमी रेन्जको स्टाइलिस ईभी सहरका लागि उपयुक्त

फ्रान्सेली अटो निर्माता कम्पनी रेनोले न्यु जेनेरेसन ट्विङगो इलेक्ट्रिक...

इटालियन ब्रान्ड इकोबिट इलेक्ट्रिक स्कुटरमा मनसुन अफर : हरेक मोडलमा २१ हजार छुट

इटालियन ब्रान्ड इकोबिट इलेक्ट्रिक स्कुटरमा मनसुन अफर : हरेक मोडलमा २१ हजार छुट

कठमाडौं – नेपाली बजारमा इटालियन ब्रान्ड इकोबिटका इलेक्ट्रिक स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...