दिगो ई–स्टपको तेस्रो आउटलेट नवलपरासीको दलदलेमा

काठमाडौं–दिगो ग्रुपले आफ्नो तेस्रो ई–स्टपलाई नवलपरासीको दलदलेमा विस्तार गरेको छ । मंसिर २ गते औपचारिक उद्घाटन गरिएको सो ई–स्टपमा सडक यात्रुको लागि रेस्टुरेन्टको सुविधाको साथै सार्वजनिक बिद्युतिय सवारीसाधनका लागि २ वटा जीबी/टी चार्जर र निजि सवारीसाधनका लागि सिसिएस टु चार्जर जडान गरिएको छ । दलदलेको साथै दिगो ई–स्टप रामटार र कुरिन्टारमा पनि संचालन भईरहेको छ ।

उद्घाटन कार्यक्रममा दिगो ग्रुपका प्रमुख कार्यकारी अधिकृत सौरब श्रेष्ठले भने, ‘ई–स्टपको तेस्रो संस्करण दलदलेमा संचालनपछि राजमार्गका यात्रुहरुलाई निकै उद्धार हुनेछ । यस ई–स्टपले महेन्द्र राजमार्गमा बढिरहेको बिद्युतिय सवारीसाधनलाई चर्जिङ्ग को सुविधा दिनुको साथै रेस्टुरेन्टले सुलभ मूल्यमा सफा र मिठो खानाको सुविधा दिनेछ ।’

दिगो ग्रुपका अध्यक्ष राजन रायमाझीले दगो ई–स्टपले नेपाली राजमार्गको यात्रामा नयाँ युगको सुरुवात ल्याएको बताए । ‘दिगो ई–स्टप एउटा पिट स्टप मात्र होइन; यो एक दर्शन समेत हो । हामी कार्बन उत्सर्जन घटाउन सक्रिय रूपमा योगदान गर्दै यात्रा सुविधाको लागि समर्पित छौं’ उनले भने ।

दलदलेमा दिगो ई–स्टपले आधुनिक यात्रीहरूको आवश्यकता पूरा गर्न डिजाइन गरिएका सेवाहरू प्रदान गर्ने जनाइएको छ । यसको मूल भागमा उन्नत ईभी चार्जिङ स्टेशनहरू राखिएकाले विद्युतीय सवारी साधनहरू सधैं सडकमा छन् भनी सुनिश्चित गर्ने बताइएको छ ।

सम्बन्धित समाचारहरू

सोनी होन्डा ज्वाइन्ट भेन्चरमा बन्ने ईभी सीईएसमा सार्वजनिक, लक्जरी ईभीको यस्तो हुनेछ मूल्य र फिचर

सोनी होन्डा ज्वाइन्ट भेन्चरमा बन्ने ईभी सीईएसमा सार्वजनिक, लक्जरी ईभीको यस्तो हुनेछ मूल्य र फिचर

स्मार्टफोन निर्माता सोनी र कार निर्माता कम्पनी होन्डाको ज्वाइन्ट भेन्चर...

एइटोको नयाँ एसयूभी एइटो एम८ ईआरईभी अप्रिलमा लन्च हुँदै, प्रि-सेल अर्डर ७० हजार युनिट

एइटोको नयाँ एसयूभी एइटो एम८ ईआरईभी अप्रिलमा लन्च हुँदै, प्रि-सेल अर्डर ७० हजार युनिट

चिनियाँ कार निर्माता कम्पनी एइटोले आफ्नो नयाँ एइटो एम८ ईआरईभी एसयूभी...

विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ नेपालमा, मूल्य र फिचर यस्तो

विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ नेपालमा, मूल्य र फिचर यस्तो

काठमाडौं । विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ नेपालमा एक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...