यस्तो छ नेपाल आउँदै गरेको बीवाईडी सिगल, ह्याचब्याक सेग्मेन्टमा मार्केट लिडर बन्ला ?

काठमाडौं–बीवाईडीको सबैभन्दा सस्तो ह्याचब्याक कार सिगल नेपाल आउने पक्का भएको छ । सो नयाँ कारलाई बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले अबको केही महिनापछि बिक्री गर्न लागेको हो । परिक्षणका लागि एक यूनिट सिगल भन्सार नाकामा आईसकेको र छिट्टै बिक्री प्रारम्भ हुने कम्पनी स्रोतले जनाएको छ ।

बीवाइडीले आफ्नो विद्युतिय ह्याचब्याक कार सिगललाई चीनमा हालै अपडेट गरेर ल्याएको थियो । सोही अपडेटेट भर्सन नेपालमा समेत बिक्री हुन लागेको हो ।

बीवाइडीको ई–प्लेटफर्म ३.० मा बनेको सिगलमा इलेक्ट्रिक एड्जस्टेवल ड्राइभर सिट दिइएको छ । चीनमा ३ वटा भेरिएन्टमा उपलब्ध नयाँ सिगलमा ३०.०८ र ३८.८८ किलोवाट आवरको ब्याट्री प्याक जाडन गरिएको छ । जसलाई एकपटक फुल चार्ज गर्दा ३०५ र ४०५ किलोमिटरसम्म रेन्ज पाइने दावी गरिएको छ । कारमा ५५ किलोवाट क्षमताको मोटर जडान गरिइएको छ भने यसले डिसी फास्ट चार्जर समेत सपोर्ट गर्दछ ।

सो नयाँ कारको इन्टेरियरमा १०.१ इन्चको रोटेवल इन्फोटेन्मेन्ट सिस्टम र ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर राखिएको छ । साथै यसमा ओटीए अपडेट, चारवटा स्पीकर, भ्वाइस इन्ट्रिगेसन, इन–कार वाईफाई, फोरजी नेटवर्क र किलेस इन्ट्री जस्ता फिचर उपलब्ध गराइएको छ ।
चीनमा यसको मूल्य ९ हजार ७०० देखि १२ हजार अमेरिकी डलरसम्म निर्धारण गरिएको छ । नेपाली बजारमा आउँदा यसको मूल्य ३० लाख हाराहारी पर्ने अनुमान गरिएको छ ।

नेपाली बजारमा निकै चासोका साथ हेरिएको सिगल सस्तो मूल्यमा आउने अपेक्षा सहित अहिले पनि धेरै ईभी पारखीले यसलाई प्रतिक्षा गर्दै आएका छन् । नेपाल आएपछि यसको सिधा प्रतिस्पर्धा डोङफेङ नामी र टाटा टियागोसंग हुनेछ । ह्याचब्याक सेग्मेन्टमा अहिले टियागो र नामी दुबै कारले राम्रो बजार पाइरहेका छन् ।

बीवाईडीले यसअघि नेपाल ल्याएको एट्टो३ र डल्फिनजस्तै सिगल पनि सफल हुने अपेक्षा गर्न सकिन्छ । कम्प्याक्ट एसयुभीमा एट्टो३ र प्रिमियम ह्याचब्याकमा डल्फिन जस्तै इन्ट्रि लेभल ह्याचब्याकमा पनि सिगल मार्केट लिडर बन्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

३० औं वार्षिकोत्सवको अवसरमा बिवाईडी नेपालद्धारा १०० युनिट गाडी डेलिभरी

३० औं वार्षिकोत्सवको अवसरमा बिवाईडी नेपालद्धारा १०० युनिट गाडी डेलिभरी

काठमाडौं– बिवाईडीको ३० औं वार्षिकोत्सव र १ करोड न्यू इनर्जी भेइकल...

मार्च ५ मा एकसाथ ५ नयाँ प्रविधि लन्च गर्दै बीवाईडी

मार्च ५ मा एकसाथ ५ नयाँ प्रविधि लन्च गर्दै बीवाईडी

बीवाईडीले एकसाथ ५ नयाँ प्रविधि लन्च गर्ने तयारी गरेको छ । कम्पनीले मार्च ५...

बीवाईडी ओसन–एम कन्सेप्टको प्रोडक्सन भर्सन कार बीवाईडी सिल एक्स सार्वजनिक

बीवाईडी ओसन–एम कन्सेप्टको प्रोडक्सन भर्सन कार बीवाईडी सिल एक्स सार्वजनिक

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बीवाईडी सिल एक्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...