आउने भयो होन्डाको ‘बुलेट’ बाइक
होन्डाले मार्च २ मा नयाँ बाइक लन्च गर्ने संकेत दिएको छ । यो नियो–रेट्रो...
होन्डाले आफ्नो उच्च सिसी मोटरसाइकलका लागि नयाँ इन्जिन विकासको घोषणा गरेको छ ।
नयाँ इन्जिन ७५–डिग्री भी३ यूनिटका रूपमा आउँने र यसले उच्च प्रदर्शन गर्ने जनाइएको छ । कम्प्याक्ट लेआउटमा आउने सो इन्जिनको अगाडि दुई सिलिन्डर र पछाडि एकल सिलिन्डर हुनेछ ।
होन्डाको भी३ इन्जिनले यसअघि नै इलेक्ट्रिक फोर्स इन्डक्सन फिचर भएको पहिलो इन्जिनका रुपमा पहिचान बनाएको छ । उक्त इन्जिनको इलेक्ट्रिक कम्प्रेसरले कम रेभ्समा पनि उच्च टर्क प्रदान गर्दछ ।
कम्प्रेसर टेकले इन्टेक हावाको कम्प्रेसनलाई इन्जिनको गतिबाट स्वतन्त्र रूपमा नियन्त्रण गर्न अनुमति समेत दिन्छ । इन्जिनलाई इन्टरकुलर समेत आवश्यक नपर्ने कारण थप ठाउँ बचत गर्ने र सो नयाँ प्रविधिले सहज र जवाफदेही सवारी अनुभव प्रदान गर्ने होन्डाले दाबी गरेको छ ।
नयाँ इन्जिनले मोटरसाइकलमा दैनिक यात्रा गर्नेदेखी लिएर उच्च प्रदर्शन खोज्ने राइडरहरूको ठूलो स्पेक्ट्रम पूरा गर्ने कम्पनी भनाई छ । निकट भविष्यमा भी३ इन्जिनलाई ठूलो मात्रामा उत्पादन गर्ने होन्डाले योजना बनाएको छ ।
होन्डाले मार्च २ मा नयाँ बाइक लन्च गर्ने संकेत दिएको छ । यो नियो–रेट्रो...
काठमाडौं – हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...
काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...