लुयान नेपालले ल्यायो विन्टर राइड अफर, स्कुटर किन्दा यस्तो छ फाइदा

काठमाडौं–लुयान नेपालले विन्टर राइड अफर ल्याएको छ । उक्त अफर अन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा १० हजार नगद छुटका साथै एउटा प्रिमियम हेलमेट र बाइक कभर उपहार पाइने कम्पनीले जनाएको छ । अफर २०८१ कार्तिक २५गते देखि मँसिर मसान्तसम्म सञ्चालन हुनेछ ।

नगद छुटको अतिरिक्त कम्पनीले चालु आर्थिक बर्षको कर र ६ पटक निशुल्क सर्भिस समेत उपलब्ध गराउने भएकोे छ । यसका साथै कम्पनीले कुनै पनि पुराना बाचयक अथवा स्कुटर ल्याएर लुयानका नयाँ स्कुटरसँग साटफेर गरेर पनि लान सकिने एक्सचेन्जको सुविधा समेत उपलब्ध भएको जानकारी दिएको छ ।

कम्पनीले नियमित आम्दानीको आधारमा फाइनान्सको पनि सुविधा दिन सकिने जनाएको छ । आम्दानीको स्तरको आधारमा न्यूनतम २० प्रतिशत डाउनपेमेन्टमा अधिकतम २ बर्षसम्मको फाइनान्स सुविधा दिन सकिने बताइएको छ ।

लुयानका स्कुटरहरुमा लिक्विड कुल्ड मोटर हुने हुँदा सामान्य हब मोटर भएको स्कुटर भन्दा तान्ने क्षमता बढी हुने गर्दछ भने यसको लाइफ पनि बढी हुन्छ । आइपि ६७ वाटर एण्ड डस्ट रेसिस्टेन्टयुक्त स्कुटर भएकाले लुयानका स्कुटरहरुलाई बर्षा याममा चलाउन कुनै समस्या नपर्ने कम्पनी दाबी छ ।

काठमाण्डौं उपत्यका भित्र ९ स्थानमा सर्भिस सेन्टरको व्यवस्था गरेको कम्पनीले हरेक सर्भिस सेन्टरमा चार्जिङ्ग प्वाइन्ट समेत उपलब्ध गराएको छ । देशको उर्जा देश मै खपत भन्ने नाराका साथ लुयान नेपालले विगत ५ बर्षदेखि नेपालमा बिभिन्न मोडलका इलेक्ट्रिक स्कुटर बिक्रि गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

भारतमा भेटियो विद्युतीय सवारीको ब्याट्रीमा प्रयोग हुने लिथियम

भारतमा भेटियो विद्युतीय सवारीको ब्याट्रीमा प्रयोग हुने लिथियम

विद्युतीय सवारीमा प्रयोग गरिने ब्याट्रीका लागि आवश्यक लिथियमको विशाल...

सडकमा देखिने ‘डल्फिन’ को भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्दा १ लाख जित्ने अवसर

सडकमा देखिने ‘डल्फिन’ को भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्दा १ लाख जित्ने अवसर

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आगामी...

सस्तोमा ईभी बिक्री गर्दा चीनका अधिकांश ब्रान्ड संकटमा, यी ३ बाहेक बाँकी सबै ब्रान्ड घाटामा

सस्तोमा ईभी बिक्री गर्दा चीनका अधिकांश ब्रान्ड संकटमा, यी ३ बाहेक बाँकी सबै ब्रान्ड घाटामा

ईभी रेसम निकै अगाडी देखिएको चीनले द्रुत गतिमा अत्याधुनिक प्रविधि र उन्नत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...