नासा नेपालले सम्पन्न ग-यो ‘अ सेफ जर्नी टु द स्कुल्स’ अभियान

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले स्टार रेटिङ फर स्कुल्स (एसआरफोरएस) सँग सम्बन्धित अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । विद्यार्थीहरुका लागि सडक सुरक्षासँग सम्बन्धित ‘अ सेफ जर्नी टु द स्कुल्स’ को सो पहल काभ्रेको धुलिखेलस्थित सञ्जिवनी उच्च मावि र ललितपुरको भैसेपाटीस्थित आदर्श सौलः युवक माविका विद्यार्थीहरु माझ गरिएको थियो ।

भियतनामको एआईपी फाउन्डेसनद्वारा समर्थनप्राप्त सो अभियान यी स्कुल वरपरको सडक सुरक्षा पूर्वाधारमा सुधारमा केन्द्रित रहेको छ । यसबाट सञ्जिवनी उच्च माविमा प्रारम्भिक वान स्टार रिस्क लेभल देखि प्रभावपूर्ण ४.५ स्टार तथा श्री आदर्श सौलः युवक माविमा ४.२ स्टार सम्म सेफ्टी रेटिङमा वृद्धि भएको छ ।

प्रोजेक्ट को–अर्डिनेटर सुवाश भट्टराईका अनुसार सो अवसरमा ९३८ भन्दा बढी विद्यार्थीलाई सडक सुरक्षा तालिम प्रदान गरिनुका साथै २१ रोड सेफ्टी साइनबोर्ड, चार वटा जेब्राक्रसिङ, चार रम्बल स्ट्रिप्स र एउटा स्पिड बम्पका निर्माण गरिनुका साथै धुलिखेलमा ८४ मिटरको फुटपाथ र ललितपुरको फुटपाथमा १३२ मिटरको प्रोटेक्टिभ रेलिङ निर्माण गरिएको छ ।

विद्यार्थी र वरिपरिका समुदायका लागि सुरक्षित वातावरण निर्माण गरिनुका साथै लेन र एज मार्किङमार्फत ट्राफिक फ्लो र पेडेस्ट्रियन भिजिबिलिटी बढाउने कार्य भएको छ ।

नासा नेपालले सडक सुरक्षाका लागि आवश्यक कार्य गर्न निरन्तर रुपमा वकालत गर्ने र यस प्रकारको स्कुल सेफ्टी क्याम्पेन प्रदेशभर गर्नका लागि औपचारिक रुपमा यस सम्बन्धी प्रतिवेदन बागमती प्रदेश सरकारलाई हस्तान्तरण गर्ने बताएको छ ।

नासा नेपालले नेपालभरका विद्यार्थी र समुदायको सुरक्षित भविष्यका लागि योगदान गर्दै विद्यालयमा सुरक्षित यात्रालाई प्रवर्धन गर्न र रोड ट्राफिक रिस्कलाई घटाउनमा नासा नेपालले गरिरहेको पहललाई यसले देखाएको छ ।

सम्बन्धित समाचारहरू

FIA Motor Sports Game मा नेपाली टिमले पहिलो पटक सहभागिता जनाउने

FIA Motor Sports Game मा नेपाली टिमले पहिलो पटक सहभागिता जनाउने

मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघ फेडरेसन डेल अटोमोबाइल्स (एफआईए)...

चितवनमा सम्पन्न भयो सार्वजनिक यातायात सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला 

चितवनमा सम्पन्न भयो सार्वजनिक यातायात सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला 

चितवन – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को संयोजनमा चितवनको...

सडक सुरक्षा सम्बन्धी राष्ट्रिय युवा सम्मेलन हुने, यस्तो छ कार्यक्रम र यसको महत्व

सडक सुरक्षा सम्बन्धी राष्ट्रिय युवा सम्मेलन हुने, यस्तो छ कार्यक्रम र यसको महत्व

काठमाडौं – नेसनल युथ कन्फ्रेन्स फर सेफ एन्ड सस्टेनेवल मोबिलिटी सम्बन्धी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...