विवाइडीले अब इलेक्ट्रिक र प्लग–इन हाइब्रिड कारमात्र उत्पादन गर्ने
चाइनिज अटो निर्माता विवाइडीले अब इलेक्ट्रिक र प्लग इन हाइब्रिड कार मात्र...
दमदार इन्जिन र गडगडाहट आवाजका बाइक उत्पादनका लागि लोकप्रिय मानिएको कम्पनी रोयल इन्फिल्ड अब इलेक्ट्रिक बाइकको सेगमेन्टमा प्रवेश गरेको छ ।
यसका लागि रोयल इन्फिल्डले आफ्नो सहायक कम्पनीको रुपमा ‘फ्लाइङ फ्ली’ को निर्माण गरेको छ । यसको पहिलो मोडल सी६ हुनेछ ।
इटालीको मिलान सहरमा चलिरहेको संसारकै प्रसिद्ध मोटर शो ईआईसीएमए २०२४ मा रोयल इन्फिल्डले आफ्नो नयाँ इलेक्ट्रिक बाइक ब्रान्ड फ्लाइङ फ्ली सार्वजनिक गर्नुका साथै पहिलो मोडल सी६ समेत लन्च गरेको छ । लुक र फिचरका आधारमा यो बाइक निकै नै आकर्षक छ ।
रेट्रो लुक र मोडर्न फिचरको कम्बोको रुपमा आएको यो बाइक हेर्दा पनि शानदार देखिन्छ । यसको डिजाइनमा रोयल इन्फिल्डको लिगेसी झल्किन्छ ।
यसमा रेट्रो लुक भएको राउन्ड हेडल्याम्प दिइएको छ, जसमा एलईडी लाइट छ । आल्मुनियम फ्रेममा तयार गरिएको सो बाइकमा आकर्षक टेलल्याम्प, टायर हगर र टर्न इन्डिकेटर छ । यसको फ्रन्टमा युनिक गर्डर फोर्क सस्पेन्सन सिस्टम र रियरमा मोनोशक सस्पेन्सन सिस्टम छ । यसमा अलोय ह्विल र सिंगल सिटका साथ स्प्लिट सिट कस्टमाइजेसनको विकल्प पनि छ ।
सो बाइकमा टचस्क्रिन टीएफटी डिस्प्लेका साथ इन–हाउस बिल्ड सफ्टवेयर पनि छ । यसलाई ओभर द एयर अपडेट गर्न सकिन्छ । त्यसैगरी कर्नरिङ एबीएस, ट्रयाक्सन कन्ट्रोल र भेइकल कन्ट्रोल युनिटमा २ हजार भन्दा धेरै राइड मोड कम्बिनेसन समेत अन्य धेरै फिचर छन् ।
सो बाइकको ब्याट्री प्याक, रेन्ज र पावरट्रेनको वारेमा कुनै जानकारी सार्वजनिक भएको छैन ।
फ्लाइङ फ्ली सी६ इलेक्ट्रिक बाइक भारत मोबिलिटी २०२५ मा सार्वजनिक हुने सम्भावना समेत छ । यद्यपि यसको औपचारिक बिक्री भने सन् २०२६ मा मात्र हुने सम्भावना छ ।
चाइनिज अटो निर्माता विवाइडीले अब इलेक्ट्रिक र प्लग इन हाइब्रिड कार मात्र...
गरुड सेक्युरिटिजले एकैदिनमा नियू ब्रान्डको १० थान गोभा ०५ इलेक्ट्रिक...
रोयल इन्फिल्डले आफ्नो इतिहासकै सबैभन्दा ठूलो र शक्तिशाली मोटरसाइकल, रोयल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...