२५ भन्दा बढी फिचरले सुसज्जित स्कोडा काइल्याक बेस भेरिएन्टको जानकारी सार्वजनिक

स्कोडाले कम्प्याक्ट एसयूभी सेगमेन्टमा नयाँ गाडी स्कोडा काइल्याक नोभेम्बर ६ मा भारतीय बजारमा लन्च गर्ने भएको छ। जुन परीक्षणको क्रममा धेरै पटक देखिएको थियो । रिपोर्टका अनुसार परीक्षणको क्रममा देखिएको सो एसयूभी बेस भेरिएन्ट हुन सक्ने अनुमान गरिएको छ ।

कम्पनीले एसयूभीको बेस भेरिएन्टमा स्प्लिट हेडलाइट पनि उपलब्ध गराउनेछ । तर यसमा एलईडीको सट्टा हलोजन ल्याम्प दिइनेछ। फ्रन्ट ग्रिल र एयर भेन्ट पनि अन्य भेरिएन्टमा जस्तै राखिनेछ । यसमा १६ इन्चको स्टिल ह्विल उपलब्ध हुनेछ । बाइकको अगाडि डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक हुनेछ । गाडीमा फेब्रिक सिट, एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर, म्यानुअल रियर भ्यू मिरर, फ्रन्ट सिटमा कप होल्डर र म्यानुअल ह्यान्ड ब्रेक हुनेछ ।

रिपोर्टका अनुसार कम्पनीले यसमा एक लिटर टीएसआई पेट्रोल इन्जिन उपलब्ध गराउनेछ । जसका कारण यसले १७८ एनएम टर्कको साथ ११४ बीएचपी पावर पाउनेछ । स्कोडाले आफ्नो स्लाभिया र कुशाकमा पनि सो इन्जिन प्रयोग गरेको छ ।

यसमा २५ भन्दा बढी एक्टिभ र प्यासिभ फिचर्स, स्ट्यान्डर्डका रूपमा ६ एयरब्याग, एबीएस, ईबीडी, हिल असिस्ट, ट्रयाक्सन कन्ट्रोल, आईएसओफिक्स चाइल्ड एन्कोरेज जस्ता धेरै सेफ्टी फिचर दिन सक्ने सम्भावना छ ।

कम्पनीले कम्प्याक्ट एसयूभी सेगमेन्टमा स्कोडा काइल्याक लन्च गर्न लागेको हो । यस्तो अवस्थामा यसले मारुती ब्रेजा, हुन्डाई भेन्यु, किया सोनेट, महिन्द्रा एक्सयूभी ३एक्सओ, टाटा नेक्सन जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

स्कोडाले यसको लन्चको समयमा सही मूल्यको जानकारी दिनेछ। यद्यपि मिडिया रिपोर्टका अनुसार सो एसयूभी  लगभग ८ लाख भारु एक्स-शोरुम मूल्यमा ल्याउन सकिने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

बहुप्रतीक्षित एसयूभी स्कोडा कुशाकको औपचारिक बिक्री नेपालमा सुरु

बहुप्रतीक्षित एसयूभी स्कोडा कुशाकको औपचारिक बिक्री नेपालमा सुरु

काठमाडौ – नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु...

काठमाडौंमा आइपुग्यो स्कोडा कुशाक, आगामी सातादेखि टेस्ट ड्राइभ गर्न सकिने

काठमाडौंमा आइपुग्यो स्कोडा कुशाक, आगामी सातादेखि टेस्ट ड्राइभ गर्न सकिने

काठमाडौं – स्कोडाको नयाँ एसयूभी कुशाक काठमाडौं आइपुगेको छ । नेपालका लागि...

स्कोडा कुशाकको एक वर्ष पुरा : थप फिचरका साथ अपडेट

स्कोडा कुशाकको एक वर्ष पुरा : थप फिचरका साथ अपडेट

स्कोडा कुशाक भारतमा लन्च गरेको १ वर्ष पुरा भइसकेको छ । सोही अवसरमा कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...