एक्सपेङद्वारा उड्ने कार उत्पादन प्लान्टको निर्माण सुरु, बार्षिक १० हजार युनिट निर्माण गर्ने

चिनियाँ अटो निर्माता एक्सपेङले आफ्नो वहुप्रतिक्षित उड्ने कार कारको प्लान्ट निर्माण सुरु गरेको छ । आजदेखी औपचारिक रुपमा निर्माण सुरु गरिएको सो प्लान्टबाट सन् २०२६ देखी कार उत्पादन हुने र वार्षिक १० हजार युनिट निर्माण गरिने कम्पनीले जनाएको छ । एक्सपेङले गत सेप्टेम्वरमा आफ्नो उड्ने कारलाई पव्लिकमाझ शोकेस गर्दा ३ हजार जनाले खरिद गर्न इच्छा देखाएका थिए ।

कम्पनीले यसअघि एरो एचटी परियोजना अन्तर्गत उड्ने कार ल्याउने घोषणा गरेपनि उक्त उक्त परियोजना सफल हुन सेकेको थिएन । पछि उसले आफ्नो पुरानो परियोजना त्यागेर नयाँ ल्यान्ड एयरक्राफ्ट क्यारियर अन्तर्गत मोडुलर फ्लाइङ कार उत्पादन गर्ने घोषणा गरेको हो ।

करिव २० लाख चिनियाँ युवान पर्ने यो कारलाई कम्पनीले गत सेप्टेम्वर २ मा अनावरण गरेको थियो । थ्रि एक्सल क्यारियर र ड्रोनलाई समायोजन गरि निर्माण गरिने यो कारले भविष्यको मोविलिटीलाई प्रभावित पार्ने अनुमान गरिएको छ । कम्पनीले क्यारियर र ड्रोनलाई छुट्टाछुट्टै पूर्बाधारमा निर्माण गर्ने जनाएको छ ।

कानुनी जटिलताका कारण यो कार तत्कालै सर्बसाधरणले प्रयोग भने गर्न नपाउने बताइएको छ । उत्पादनको पहिलो लट उद्धारजस्ता कार्यमा प्रयोग गरिने र पछि विस्तारै चीन सरकारबाट लाइसेन्स लिएर सर्बसाधरणका लागि समेत बिक्री गर्ने योजनामा कम्पनी रहेको छ ।

सम्बन्धित समाचारहरू

अब शिक्षक र विद्यार्थीलाई पनि १० हजारमा इलेक्ट्रिक स्कुटर

अब शिक्षक र विद्यार्थीलाई पनि १० हजारमा इलेक्ट्रिक स्कुटर

काठमाडौं – बज्र ग्रुप अन्तर्गत ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ...

छोटो समयमै ३०० भन्दा बढी सेरेस ईभी नेपाली सडकमा

छोटो समयमै ३०० भन्दा बढी सेरेस ईभी नेपाली सडकमा

काठमाडौं – नेपाली बजारमा बिक्री प्रारम्भ भएको छोटो समयमै सेरेस ईभी ‘टक अफ द...

चिनियाँ ब्रान्डसँग प्रतिस्पर्धा गर्न पेरोडुवाको नयाँ रणनीतिः आफ्टर सेल्स र रिसेल भ्यालुमा केन्द्रित

चिनियाँ ब्रान्डसँग प्रतिस्पर्धा गर्न पेरोडुवाको नयाँ रणनीतिः आफ्टर सेल्स र रिसेल भ्यालुमा केन्द्रित

मलेसियाको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी पेरोडुवाले आफ्ना ईभी फेरि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...