कारको स्पेयर टायर किन सानो हुन्छ ? अधिकांशलाई यसको वास्तविकता थाहा छैन

कारमा स्पेयर टायर सामान्य टायर भन्दा अलि सानो डिजाइन गरिएको हुन्छ । स्पेयर टायर सामान्य टायर भन्दा १ इन्च सानो हुन्छ । अधिकांशलाई यसको सही कारण थाहा नहुन सक्छ ।

वास्तवमा गाडीको कुल तौलको असर कम गर्नका लागि गाडीको स्पेयर टायर नियमित टायरको तुलनामा सानो र हल्का राखिएको हुन्छ । यसले कारको माइलेज बढाउँछ र इन्धनको पनि बचत हुन्छ । साथै साना टायरका कारण गाडीमा अन्य महत्वपूर्ण सामान राख्नको लागि ठाउँ पनि बढी हुन्छ ।

स्पेयर टायर आपतकालिन अवस्थाका लागि मात्र डिजाइन गरिएको हुन्छ । यो स्थायी कार टायर जस्तै नियमित प्रयोगको लागि बनाइएको हुँदैन । त्यसैले यसलाई जडान गरेर लामो दुरीसम्म गाडी चलाउनु उचित हुँदैन । सो टायर छोटो दुरीको यात्राको लागि मात्र बनाइएको हुन्छ ।

स्पेयर टायरलाई सानो र हल्का बनाउनुको अर्को कारण यसको उत्पादन लागत घटाउनु हो । कम्पनीले यस्तै टायर प्रयोग गरेर कारलाई किफायती बनाउन प्रयास गरिरहेको हुन्छ ।

स्पेयर टायरको सानो आकारको कारणले ड्राइभिङ परफर्मेन्समा अलिकति परिवर्तन महसुस गर्न सकिन्छ, तर यो सीमित दूरीको लागि मात्र प्रयोग गरिएको हुनाले यसले धेरै प्रभाव पार्दैन । सो टायर आकस्मिक प्रयोगको लागि मात्र डिजाइन गरिएको हुन्छ ।

सम्बन्धित समाचारहरू

पुश स्टार्ट स्टप सिस्टम : फाइदा वा झन्झट ?

पुश स्टार्ट स्टप सिस्टम : फाइदा वा झन्झट ?

पुश स्टार्ट स्टप सिस्टम अधिकांश आधुनिक कारहरूमा सामान्य सुविधा जस्तै...

गाडीमा बिग्रिएको ब्रेक प्याडले निम्त्याउन सक्छ गम्भीर दुर्घटना, यस्तो उपाय अपनाउनुहोस्

गाडीमा बिग्रिएको ब्रेक प्याडले निम्त्याउन सक्छ गम्भीर दुर्घटना, यस्तो उपाय अपनाउनुहोस्

गाडीको सुरक्षामा ब्रेकिङ प्रणालीले अहम् भूमिका खेल्छ । सवारी साधनको ब्रेक...

एमके रिटेलर मिट सम्पन्न, नयाँ उत्पादन लन्च

एमके रिटेलर मिट सम्पन्न, नयाँ उत्पादन लन्च

काठमाडौं – एमके ग्रुपको रिटेलर मिट सम्पन्न भएको छ । एमके ग्रुपको नेपालका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...