स्पार्क प्लग हेरेर थाहा पाउन सकिन्छ इन्जिनको अवस्था, कुन संकेतले के भन्छ?
पेट्रोल इन्जिन भएका कार वा मोटरसाइकलमा स्पार्क प्लग निकै महत्वपूर्ण...
कारमा स्पेयर टायर सामान्य टायर भन्दा अलि सानो डिजाइन गरिएको हुन्छ । स्पेयर टायर सामान्य टायर भन्दा १ इन्च सानो हुन्छ । अधिकांशलाई यसको सही कारण थाहा नहुन सक्छ ।
वास्तवमा गाडीको कुल तौलको असर कम गर्नका लागि गाडीको स्पेयर टायर नियमित टायरको तुलनामा सानो र हल्का राखिएको हुन्छ । यसले कारको माइलेज बढाउँछ र इन्धनको पनि बचत हुन्छ । साथै साना टायरका कारण गाडीमा अन्य महत्वपूर्ण सामान राख्नको लागि ठाउँ पनि बढी हुन्छ ।
स्पेयर टायर आपतकालिन अवस्थाका लागि मात्र डिजाइन गरिएको हुन्छ । यो स्थायी कार टायर जस्तै नियमित प्रयोगको लागि बनाइएको हुँदैन । त्यसैले यसलाई जडान गरेर लामो दुरीसम्म गाडी चलाउनु उचित हुँदैन । सो टायर छोटो दुरीको यात्राको लागि मात्र बनाइएको हुन्छ ।
स्पेयर टायरलाई सानो र हल्का बनाउनुको अर्को कारण यसको उत्पादन लागत घटाउनु हो । कम्पनीले यस्तै टायर प्रयोग गरेर कारलाई किफायती बनाउन प्रयास गरिरहेको हुन्छ ।
स्पेयर टायरको सानो आकारको कारणले ड्राइभिङ परफर्मेन्समा अलिकति परिवर्तन महसुस गर्न सकिन्छ, तर यो सीमित दूरीको लागि मात्र प्रयोग गरिएको हुनाले यसले धेरै प्रभाव पार्दैन । सो टायर आकस्मिक प्रयोगको लागि मात्र डिजाइन गरिएको हुन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...