दिपलको नयाँ शोरुम अब भक्तपुरमा

भक्तपुर – नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले शुक्रबार भक्तपुरको राधेराधेमा आफ्नो नयाँ शोरुम उद्घाटन गरेको छ । एमएडब्लु वृद्धिले स्काईलाइन मोटरमार्फत यो क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट दिपल ईभीको फर्स्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ शोरुम सुरु गरेको बताएको छ ।

नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया र स्काईलाइन मोटरका निर्देशक विशाल पाण्डेले संयुक्त रुपमा दिपलको भक्तपुर शोरुम उद्घाटन गरे ।

उद्घाटन समारोहमा नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आर्टिफिसियल इन्टेलिजेन्ज भएका सवारीसाधनहरु नेपालमा भित्रिनु सुविधा र सुरक्षाका हिसाबले महत्वपूर्ण रहेको बताए । ‘अब सूचना प्रविधिका क्षेत्रमा मात्र होइन अटोमोबाइलमा पनि आर्टिकफिसियल इन्टेलिजेन्स भित्रिइसकेको छ,’ उनले भने, ‘सरकारले डिजेल पेट्रोलका सवारीसाधनको आयातलाई कम गर्न र देशमा प्रचुरमात्रामा भएको जलस्रोतलाई उपयोग गर्न सवारीसाधन, रेल र उद्योगलाई विद्युतीकरण गर्नुपर्छ ।’ उनले समाजका सबै तप्कासम्म विद्युतीय सवारीसाधनको पहुँचलाई सहज बनाउन सरकारले काम गर्नुपर्ने पनि बताए ।

त्यसैगरी, एमएडब्लु वृद्धि अटोकर्पका अध्यक्ष विष्णु अग्रवालले आकर्षक डिजाइन, सुरक्षा, विश्वसनियता र आर्थिक लाभका कारण नेपालमा विद्युतीय गाडीको लोकप्रियता तीव्र गतिमा बढिरहेको बताए । ‘आजको दिनमा नेपालमा आयात हुने ८० प्रतिशत कार ईभी हुन् । यसबाट नेपाली प्रयोगकर्तामाझ ईभीप्रतिको विश्वसनीयता बढिरहेको देखिन्छ ।’ उनले भने ।

उनले चीनको सबैभन्दा पुरानो र दोस्रो ठूलो अटोमोबाइल कम्पनीलाई नेपालमा प्रतिनिधित्व गराउन पाउँदा आफूले गर्व महसुस गरिरहेको बताए । ‘६ महिनाअघि सार्वजनिक गरेयता हामीले पाँच सय ५० भन्दा बढी दिपल ईभी डेलिभरी गरिसकेका छौं र सबै ग्राहक यसको पर्फमेन्सबाट सन्तुष्ट हुनुहुन्छ ।’ उनले भने ।

कार्यक्रममा स्काईलाइन मोटरका निर्देशक विशाल पाण्डेले भक्तपुरमा औपचारिक रुपमा शोरुम सुरु गर्नुभन्दा पहिले नै बजारबाट राम्रो प्रतिक्रिया पाउन थालिसकेको बताए ।

एमएडब्लु वृद्धिले यसअघि नै पोखरामा आफ्नो अपरेसन सुरु गरिसकेको छ भने बुटवल, वीरगन्ज, नारायणघाट, विराटनगर र विर्तामोड गरी थप पाँच सहरमा आफ्नो सञ्जाल विस्तार गर्ने योजना बनाएको जनाएको छ ।

सम्बन्धित समाचारहरू

१ लाख ७४ हजारमा आइमा टाइगर एस५ इलेक्ट्रिक स्कुटर

१ लाख ७४ हजारमा आइमा टाइगर एस५ इलेक्ट्रिक स्कुटर

नेपाली बजारमा हालै चिनियाँ नम्बर वान ईभी ब्रान्ड आइमाका इलेक्ट्रिक स्कुटर...

विद्युतीय सवारी साधन किन्न ९.९९ प्रतिशत दरमा एनएमबि बैंकको कर्जा

विद्युतीय सवारी साधन किन्न ९.९९ प्रतिशत दरमा एनएमबि बैंकको कर्जा

काठमाडौं – एनएमबि बैंकले विद्युतीय सवारी साधन किन्न चाहने ग्राहकहरुलाई...

२०२४ भर्सनको बीवाईडी एट्टो ३ नेपालमा

२०२४ भर्सनको बीवाईडी एट्टो ३ नेपालमा

नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले २०२४ भर्सनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...