एएमटी प्रविधि सहित केटीएमको १३५० सीसी गियरलेस बाइक लन्च

केटीएमले आफ्नो पोर्टफोलियोमा नयाँ बाइक थपेको छ । कम्पनीले आफ्नो पहिलो अटोमेटेड म्यानुअल ट्रान्समिसन (एएमटी ) बाइक २०२५ केटीएम १३९० सुपर एड्भेन्चर एस इभो सार्वजनिक गरेको छ । एएमटी प्रविधि भएको केटीएमको यो पहिलो बाइक हो । सो बाइक म्यानुअल मोडमा वा पूर्ण अटोमेटिक ट्रान्समिसनमा ड्राइभ गर्न सकिन्छ ।

केटीएमले आफ्नो नयाँ बाइकमा पहिले भन्दा ठुलो इन्जिन जडान गरेको छ । पहिले यसको इन्जिन १३०१ सीसी थियो, अहिले यसलाई बढाएर १३५० सीसी गरिएको छ । सो नयाँ इन्जिनले १७३ पीएस पावर र १४५ एनएमको टर्क जेनेरेट गर्छ । बाइकले पर्यावरण अनुकूल बनाउने नयाँ युरो ५ प्लस होमोलोगेशन मापदण्ड पनि पालना गरेको छ ।

सो बाइकको विशेषता भनेको यसको सेमी एक्टिभ सस्पेन्सन टेक्नोलोजी हो, जुन डब्ल्युपीद्वारा विकसित गरिएको हो । यसमा थ्रु-रड सेटअप पनि समावेश छ । यसले राइडिङको समयमा संवेदनशीलता बढाउँछ र सवारी गर्दा घर्षण कम गर्छ । सो प्रविधिले राइडरलाई सडकमा राम्रो परफरमेन्स प्रदान गर्छ ।

बाइक एकदमै नयाँ ८.८ इन्चको ठाडो टीएफटी डिस्प्लेको साथ अपडेट गरिएको छ । साथै, यो एन्टी-रिफ्लेक्स, एन्टी-फिंगरप्रिन्ट र एन्टि-ग्लेयरले सुसज्जित छ । यसमा १९ इन्चको फ्रन्ट ह्विल र १७ इन्चको रियर ह्विल छ । साथै यसमा नयाँ डनलप मेरिडियन टायर जडान गरिएको छ । यसको ब्रेकिङ परफरमेन्समा पनि सुधार गरिएको छ ।

२०२५ केटीएम १३९० सुपर एड्भेन्चर एस इभोमा रेन, स्ट्रिट, स्पोर्ट, अफरोड र कस्टम गरी जम्मा ५ वटा राइडिङ मोड छ । यस बाहेक, बाइकमा बोशको पाँचौं पुस्ताको फ्रन्ट राडार सेन्सर प्रदान गरिएको छ, जसले एड्भान्स सेफ्टी फिचर सपोर्ट गर्छ ।

सम्बन्धित समाचारहरू

५ इन्चको टिएफटी डिस्प्लेसहित ड्यूक १६० को नयाँ भेरिएन्ट लन्च, मूल्य कति ?

५ इन्चको टिएफटी डिस्प्लेसहित ड्यूक १६० को नयाँ भेरिएन्ट लन्च, मूल्य कति ?

केटीएमले आफ्नो सबैभन्दा सानो इन्जिनयुक्त मोडल ड्यूक १६० को नयाँ भेरिएन्ट...

२०२३ मोडलको केटीएम २५० एड्भेन्चर नेपालमा, ७० हजार कम मूल्यका साथ उपलब्ध

२०२३ मोडलको केटीएम २५० एड्भेन्चर नेपालमा, ७० हजार कम मूल्यका साथ उपलब्ध

काठमाडौं – नेपाली बजारमा केटीएमको २०२३ मोडलको २५० एड्भेन्चर बाइक...

केटीएम ३९० इन्डुरो आर सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

केटीएम ३९० इन्डुरो आर सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

केटीएमले भारतमा नयाँ एड्भेन्चर मोटरसाइकल ३९० इन्डुरो आर सार्वजनिक गरेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...