होन्डाका मोटरसाइकल तथा स्कुटरमा ५ हजार सम्म मूल्य वृद्धि, यस्तो छ नयाँ मूल्य सूची (अपडेट)

काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरको मूल्यमा केही वृद्धि गरेको छ । यस अनुसार विभिन्न मोडलमा १ हजार देखि ५ हजार रुपैयाँ सम्म मूल्य वृद्धि गरिएको हो ।

दशैं पश्चात केही दिन पहिले गरिएको मूल्य वृद्धि अनुसार होन्डा एनएक्स २०० र सीबी हर्नेट २.० मा ४ हजार रुपैयाँ मूल्य वृद्धि गरिएको छ । नयाँ मूल्य सूची अनुसार यी दुई मोडलको मूल्य क्रमशः ४ लाख ८९ हजार ९ सय र ४ लाख ६९ हजार ९ सय रुपैयाँ छ । यी दुवै मोडल होन्डाका बिग बाइक हुन् ।

त्यसैगरी होन्डा साइन १२५ बीएस६ डीएसएस एफआई र होन्डा एसपी बीएस६ डीएसएस एफआईको मूल्यमा ४ हजार रुपैयाँ वृद्धि गरिएको छ । यी दुई मोडलको मूल्य क्रमशः २ लाख ८६ हजार ९ सय र २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ । साइन र एसपी नेपाली बजारमा धेरै रुचाइने होन्डाका मोडल हुन् ।

होन्डाको नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुने स्कुटर डियोका केही भेरिएन्टमा १ हजार रुपैयाँले मूल्य वृद्धि गरिएको छ । यस अनुसार अब ११० सीसीको डियो डिलक्स बीएस४ को मूल्य २ लाख ३४ हजार ९ सय रुपैयाँ पुगेको छ भने १२५ सीसीको डियो बीएस६ स्ट्यान्डर्डको मूल्य ३ लाख ३ हजार ९ सय र डियो बीएस६ स्मार्टको मूल्य ३ लाख १९ हजार ९ सय रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचारहरू

होन्डा नेपालले सार्वजनिक ग-यो सिटी ई–एचईभी

होन्डा नेपालले सार्वजनिक ग-यो सिटी ई–एचईभी

होन्डा नेपालले हालै नेपाली बजारमा सिटी ई–एचईभी सार्वजनिक गरेको छ । वर्षौं...

संघाई अटो शोमा होन्डाले देखायो ३ नयाँ इभी

संघाई अटो शोमा होन्डाले देखायो ३ नयाँ इभी

होन्डाले चीनमा जारी संघाई अटो शोमा ३ वटा नयाँ इलेक्ट्रिक कार प्रदर्शनी...

यी हुन् उच्च ग्राउन्ड क्लियरेन्स भएका एसयूभी(मूल्य सहित)

यी हुन् उच्च ग्राउन्ड क्लियरेन्स भएका एसयूभी(मूल्य सहित)

एसयूभीमा ग्राउन्ड क्लियरेन्स केवल प्राविधिक विवरण मात्र होइन, दैनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...