उत्कृष्ट फिचर र थप ग्राउन्ड क्लियरेन्ससहित बजाजले लन्च गर्‍यो पल्सर एन१२५

बजाज अटोले १२५ सीसी सेगमेन्टमा उत्कृष्ट फिचर र शक्तिशाली इन्जिनसहितको नयाँ बाइक बजाज पल्सर एन१२५ लन्च गरेको छ । कम्पनीले सो बाइक कुल दुई भेरिएन्टमा ल्याएको हो ।

बजाजले नयाँ बाइक १२४.५८ सीसी क्षमताको इन्जिनसहित बजारमा ल्याएको छ, यसले १२ पीएसको पावर र ११ एनएमको टर्क उत्‍पादन गर्छ । बाइकमा ५ स्पिड गियरबक्स रहेको छ र यसमा १७ इन्चको टायर दिइएको छ ।

बजाजले नयाँ पल्सर एन१२५ मा अगाडि डिस्क ब्रेक र रियर ड्रम ब्रेकको साथ सीबीएस सिस्टम दिएको छ । यसका साथै बाइकमा आईएसजी, किक स्टार्ट, मोनोक्रोम एलसीडी र ब्लुटुथ कनेक्टिभिटी पनि उपलब्ध छ । सो बाइकमा स्प्लिट सिट पनि उपलब्ध छ । यसबाहेक यसमा ९.५ लिटर क्षमताको पेट्रोल ट्याङ्की छ । बाइकको ह्विलबेस १२९५ एमएम र ग्राउन्ड क्लियरेन्स १९८ एमएम राखिएको छ ।

सो बाइक सिंगल टोन र ड्युअल टोन कलर र आकर्षक ग्राफिक्समा उपलब्ध छ । बजाज पल्सर एन१२५ बेस र टप गरी दुई भेरिएन्टमा लन्च गरिएको छ । यसको बेस भेरिएन्टको एक्स शोरुम मूल्य ९४ हजार ७०७ भारु राखिएको छ । जबकि टप भेरिएन्टको एक्स-शोरुम मूल्य ९८ हजार ७०७ भारु तोकिएको छ ।

बजाजको सो बाइकले टीभीएस रेडर, हिरो एक्स्ट्रिम १२५, होन्डा शाइन र एसपी१२५ जस्ता बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

यसरी लिन सकिन्छ आधाको आधामा बजाज पल्सर २२०एफ, १ लाख २५ हजार भए पुग्ने

यसरी लिन सकिन्छ आधाको आधामा बजाज पल्सर २२०एफ, १ लाख २५ हजार भए पुग्ने

बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले...

स्पिड फेस्ट २०२५ सम्पन्न, लन्च गरियो बजाज पल्सर एन २५०

स्पिड फेस्ट २०२५ सम्पन्न, लन्च गरियो बजाज पल्सर एन २५०

काठमाडौं – नेपालकै सबैभन्दा ठूलो बाइक उत्सव स्पिड फेस्ट २०२५ शनिबार एलिस...

बजाजको अर्को पल्सर आउने सम्भावना

बजाजको अर्को पल्सर आउने सम्भावना

टु–ह्विल निर्माता कम्पनी बजाजले नयाँ बाइक लन्च गर्ने भएको छ । मिडिया...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...