जिम्नी र थार मध्ये कुन उत्कृष्ट ? हेर्नुस् पुरा विवरण
लामो समयदेखि प्रतीक्षामा रहेको मारुती सुजुकीको जिम्नी एसयूभी भारतमा...
महिन्द्राले आफ्नो पोर्टफोलियो विस्तार गर्ने तयारी गरिरहेको छ । रिपोर्टका अनुसार महिन्द्राले आगामी केही महिनामा भारतीय बजारमा स्कोर्पियो पिकअप ट्रक लन्च गर्न सक्ने अनुमान गरिएको छ । यद्यपि कम्पनीले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन तर पनि आगामी वर्षको अन्त्यसम्म वा सन् २०२६ सम्ममा यसलाई बजारमा ल्याउन सकिने अपेक्षा गरिएको छ ।
महिन्द्राले सो पिकअप ट्रकलाई आईसीईसँगै इलेक्ट्रिक भर्सनमा ल्याउन सक्ने अनुमान गरिएको छ । यसमा ए-पिलरमा अपडेटेड बम्पर, लाइट, स्नोर्कल दिन सकिन्छ । साथै, यसमा स्कोर्पियो एन जस्तो इन्टेरियर हुनेछ ।
यसको डिजाइनको पेटेन्ट महिन्द्राले नोभेम्बर २०२३ मा नै दर्ता गराएको थियो । त्यसपछि कम्पनीले भारतमा स्कोर्पियो एक्स नामको ट्रेडमार्क पाएको थियो । तर कम्पनीले सोही नाम प्रयोग गर्ने कि नगर्ने भन्ने अझै स्पष्ट भइसकेको छैन ।
कम्पनीले यसमा २.२ लिटर क्षमताको एमहक इन्जिन पनि उपलब्ध गराउन सक्ने अपेक्षा गरिएको छ । जसका कारण यसले १७५ पीएसको पावर र ४०० एनएमको टर्क जेनेरेट गर्न सक्छ । यसका साथै यसमा ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसन र ४ डब्लुडी क्षमता पनि दिन सकिन्छ । जबकि यसको इलेक्ट्रिक भर्सनलाई एक पटक चार्जमा ५०० किलोमिटरसम्मको रेन्ज दिन सकिन्छ।
महिन्द्राले स्कोर्पियो एक्स लन्च गर्यो भने सो पिकअप ट्रकले इसुजु डी म्याक्स र टोयोटा हाइलक्स जस्ता पिकअप ट्रकसँग प्रतिस्पर्धा गर्नेछ ।
लामो समयदेखि प्रतीक्षामा रहेको मारुती सुजुकीको जिम्नी एसयूभी भारतमा...
महिन्द्राले अल न्यु एक्स्यूभी ७०० भोलि अर्थात अगस्त १४ मा लन्च गर्ने घोषणा...
काठमाडौं– महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुप (...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...